नेपालका हालसम्मका सबैभन्दा शक्तिशाली कार्यकारी

नेपालको संरक्षण र विकासमा पु¥याएको योगदान

देशको शासन व्यवस्था सञ्चालन नियन्त्रण र व्यवस्थापन गर्न आवश्यक अधिकार प्राप्त व्यक्तिलाई कार्यकारी भनिन्छ । यिनले देशको शासन व्यवस्थालाई नियमित रुपमा सञ्चालन गरिरहेका हुन्छन् । देशका कार्यकारी नै सरकार प्रमुख हुन् । कानून कार्यन्वयन गराउने सन्दर्भमा यिनले महत्वपूर्ण भूमिका खेल्दछन् । वास्तवमा कार्यकारी नै शासक हुन उनले राज्य सञ्चालनका क्रममा आफ्नो अधिकारको प्रयोग गरिरहेका हुन्छन् । नेपालको राज्य सञ्चालनको क्रममा श्री ३ जंग बहादुर राणा र प्रधानमन्त्री के. पि शर्मा ओलीलाई सबैभन्दा शक्तिसम्पन्न सरकार प्रमुख मानिन्छ । यिनले नेपालको उन्नति र विकासमा के कस्ता योगदान पु¥याए । तुलनात्मक विश्लेषणबाट स्पस्ट हुन्छ ।
प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालन गर्न कार्यकारी प्रत्यक्ष नागरिकको अभिमत वा संसदीय प्र्रणाली अनुरुप छनौट गरिएको हुन्छ । प्रभावशाली, क्षमतावान, विद्धान, काँधमा जिम्मेवारी, छातीमा ईमान्दारी, मस्तिष्कमा समझदारी र व्यवहारमा सदाचारीपन अंगालेको व्यक्तिलाई कार्यकारी बनाउने÷बन्ने प्रचलन विद्यमान हुन्छ । यो समय र चेतनाले पनि निर्धारण गर्दछ । आम नागरिकको मन जितेर आउने प्रकृया आजको विश्वमा प्रचलित छ । नेपालको इतिहाँसमा वर्तमान कार्यकारीले जस्तो अख्तियारको प्रयोग गर्न पाउने कार्यकारी श्री ३ जंग बहादुर मात्र थिए । वास्तवमा यति धेरै शक्तिशाली सरकार प्रमुखले नेपालको उन्नति, संरक्षण र विकासमा के कस्तो योगदान पु¥याए । जुन कुरा इतिहाँसले कहिल्यै विर्सदैन ।
श्री ३ जंग बहादुर राणाको योगदान – आंशिक रुपमा सतिप्रथाको अन्त, वि.सं १९१० मा मुलुकी ऐन जारी, वि.सं १९१० बाट अंग्रेजी शिक्षाको शुरुवात, वि.सं १९१२÷१३ मा नेपाल तिब्वत युद्धगरी नेपाली स्वाभिमानको रक्षा, वि.सं १९१२ मा थापाथली सन्धि गरी नेपाललाई तिब्वतबाट आर्थिक लाभ, वि.सं १९१७ मा नेपालको गुमेकोे भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्त (जसलाई नयाँ मुलुक भनेर चिनिन्छ), देशमा भ्रष्टाचार गर्नेलाई सिधै मृत्यु दण्डदिने व्यवस्था, देशको सिमाना रक्षाको लागि ८६४ वटा जंगेपिलर राखिएको जुन आजसम्म पनि सिमानामा कतै देख्न पाईन्छ ।
बेलायत भ्रमणमा नेपालीको मान र शान स्थापना, गिद्धेप्रेसको शुरुवात, नेपाली पोशाकको संरक्षण, ऐतिहाँसिक संरचनाको संरक्षण र पून निर्माण, देशको पैसा देशमै खर्च गरी भौतिक संरचना निमार्णप प्राय तिनै संरचनामा नेपाल सरकारका मन्त्रालयहरु बसेका छन् । आफ्नो भुभाग क्षय हुनेगरी कुनै पनि शान्ति सम्झौता गरेनन् । अस्थिर सरकारलाई स्थिरता प्रदान, भ्रष्टाचार र राष्ट्रलाई आन्तरिक कलहमा फसाउनेलाई मृत्युदण्डको व्यवस्था, काठमाण्डौमा बसेका अंग्रेज रेजिमेन्टको निरन्तर निगरानी र आफ्नो नीतिमा रेजिमेन्ट वस्नुुपर्ने आदेश, सरकारी जग्गा जमिनको संरक्षण, देशको ऐतिहाँसिक अभिलेख प्रमाण राखिने जैसिकोठाको पूणतः सुरक्षा, वैदेशिक सहयोग र ऋण लिन बन्देज गराएका, प्राकृतिक प्रकोपको कारण वाली नष्ट भएमा मालपोतको तिरो छुट दिने व्यवस्था, जात भातका विरोधि, निडर शाहसी, घोडाचढीका सौखिन ३० वटा अरबी घोडा झिकाई चढेका र आफन्तलाई समेत बाँडेका, जानाजान गल्ती गर्नेलाई तत्काल कारबाही, बोक्सीको आरोपमा ज्यान लिने प्रथाको अन्त, स्वार्थवश प्राप्त सहयोगको विराधी, राज्यमा गुप्तचरको व्यवस्था जसको आधारमा आवश्यक काम कारवाही गर्ने, राजनीतिक स्थायित्व प्रदान गर्न विभिन्न पर्व घटाएका, बेलायतकी माहारानी भिक्टोरियाबाट ‘हिज एक्सलेन्सी’ को उपाधि प्राप्त, सार्वजनिक पार्क, मन्दिर पाटीपौवा, सतल निर्माण र १३ छोरा र २० छोरीका पिता थिए ।
वर्तमान शक्तिशाली कार्यकारी श्री खड्ग प्रसाद ओली (के.पि ओली) को योगदान – नेपालका लागि ठूलो अहितकारी माहाकाली सन्धि अध्ययन कार्यदल संयोजक बनी माहाकाली बेचेर व्यक्तिगत फाइदा लिएका, विभिन्न हत्याकाण्डमा दोषि ठहरिएर चौध चौध वर्ष जेल जीवन विताएको योग्यता प्राप्त गरेका, वि.सं २०७२ को नाका बन्दीमा भारत विरुद्ध बोले जस्तो गरेर २०७४ को चुनाव जित्न सफल, यातयात क्षेत्रको कार्टेलिङ हटाउने निर्णय गरी फिर्ता लिएको, आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी विमान खरिद काण्डको ठूलो भ्रष्टाचार, विद्युत प्राधिकरणको महशुल काण्ड, विश्व विद्यालयमा असक्षमलाई नम्वर थपेर सक्षम बनाउने काण्ड, एनसेल कर छुट काण्ड, आफ्नै माहासचिवलाई वालुवाटारको सरकारी जग्गा मिलाईदिएका र जनविरोध पछि फिर्ता गर्न लगाई संरक्षण गरेको, नक्कली भ्याट बिलकाण्ड, टेलिकम काण्ड, सेक्युरिटी प्रेस खरिदकाण्डका नाइके सञ्चारमन्त्री गोकुल बास्काटाको ७० करोडको कमिसन डिलिङ्ग काण्डबाट मन्त्रीलाई विना कारबाही उन्मुक्ति दिएको, कोरोना भाइरसको औषधी र वस्तु खरिदकाण्डमा मुछिएकालाई बचाएको, निर्मला हत्याकाण्डको मुद्धालाई विलय गराएको, आफ्नो भूमिमा भारतले बर्षौदेखि बाटो बनाइरहेको थाहा नपाएको, थाहा पाएर नक्सा जारी गरिहेरेको, सिमाना छुट्याएर बाँसका घोचा सम्म गाड्न नसकेको, ३३ किलो सुनकाण्डले नेपाल प्रहरी प्रशासनलाई कमजोर बनाएको, संसद अपहरण गर्ने हर्कत गरी नेपाल प्रहरीको अस्मिता लुट्नुका साथै जनप्रतिनिधिको दुरुपयोग गरी जनप्रतिनिधि चुन्ने नागरिकको इज्जतमा आँच पु¥याएको, माहामारीले आक्रान्त पारिरहेको समयमा अध्यादेश ल्याइ निरंकुशता लाद्न खोजेको, दुई दुईवटा मानार्थ विद्यावारिधी प्राप्त गरेको, नियमित सिङ्गापुरमा उपचार गराइरहेको, राष्ट्रको ठूलो ढुकुटी सकेर करोडौं खर्चगरी गाउँमा जन्म उत्सव मनाएको जसमा केक नै नेपालको नक्सा अंकित बनाएको जसलाई रमाई रमाई चिरा चिरा बनाएर खाएको, मिडियालाई आफु अनुकुल बनाउने प्रयास गरेको, अख्तियारको घुषकाण्डलाई छुट दिएको, गुण्डा र दोषिहरुलाई जनप्रतिनिधि बनाएको, कोरोना माहामारीको समयमा आयोग गठन गरी आफ्नाका लागि भर्ति केन्द्र बनाएको, पशुपति शर्माको यथार्तपरक गीतमा प्रतिबन्द लगाएको, देशको प्रधानमन्त्री एउटा संस्थाको कार्यक्रममा सोल्टी होटेलमै बसि होली वाईन पिएको, हास्यास्पद पानीजहाज कार्यलय खोली डेडकरोडको गाडी खरिद गर्न आवहान गरेको, आफु र आफ्ना विरोधिलाई फसाउने काण्ड मच्चाएको, जस्तैः रबि काण्ड… सार्वजनिक टुँडिखेल भाडामा लगाई खाने अवसर दिएको, ८० करोडको राहत बाँडेको खुलाशा गरेको आम सर्वसाधारण नागरिकले नपाएको, भ्रष्टाचारमा स–साना राष्ट्रसेवक कर्मचारीलाई मात्र समाउने गरेको, भक्तपुरको बालकोटमा दरवार रहेको ।
अन्तमा, शक्तिमात्रले सुव्यवस्थापन र अमन चयन कायम गर्न सक्दैन । शक्ति र अधिकारको प्रयोग राष्ट्रिय हितमा समर्पण गर्न सकियो भने राष्ट्रिय शान र मान दुवै फस्टाउँछ । व्यक्तिगत स्वार्थमा लगाइएको शक्ति र अधिकारले इतिहाँस रच्दैन÷इतिहाँस रच्ने शिखरमा पुगेर रच्नेपथ सृजना गर्न नसक्नु जीउदै मरेको जीवन सरह हो । हरेक मानिसको जीवनमा एकपटक असल काम गर्ने अवसर आँउछ त्यसको सदुपयोग गर्न नसक्नु व्यर्थको जीवन जीउनु हो । हामी सबैले आफ्नो शक्ति र अधिकारको प्रयोग राष्ट्रियहितमा लगाएर स्तर अनुरुपको इतिहाँस रच्नु पर्दछ ।