सनराईज बैंकका कर्मचारीहरुको कोभिड–१९ बिमा
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा सनराइज बैंक लिमिटेडले आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दैे सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्डलगायतको कोभिड–१९ बीमा गराएको छ ।
कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको रु। १ लाख रुपैंया बराबरको सामुहिक वीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। मार्पmत गरिएको बैंकले जनाएको छ । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ संक्रमण देखिएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्भैmाताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ ।
कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउदै आएको बैंकले जनाएको छ ।