वी.पी. स्मृति दिवसका अवसरमा वृक्षारोपण (फोटो फिचर)

गुल्मी । छत्तिसौं वी.पी. स्मृति दिवसको अवसर पारेर गुल्मीदरबार गाउँपालिकामा काँग्रेसले हालै बृक्षारोपण गरेको छ । स्थानीय प्रतिनिधि नवीन कार्कीका अनुसार म्यालपोखरी सामुदायिक वन क्षेत्रमा पारिजात लगायत विभिन्न जातका हजार विरुवा रोपिएको थियो ।


सो गाउँपालिकाका अध्यक्षसमेत रहेका गुल्मी काँग्रेसका क्षेत्रीय सभापति अशोककुमार थापाले प्रमुख अतिथिको हैसियतमा बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । वी.पी. विचार राष्ट्रिय समाज गुल्मीले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले वी.पी. जस्तो दूरदर्शी नेताको विचार र व्यवहार अनुशरण गरेर अघि बढ्न सके काँग्रेस कहिल्यै कम्जोर हुन नपर्ने कुरा भन्न भ्याए । बृक्षारोपणपछि वी.पी. बारे बोल्ने कार्यक्रम थियो ।

उक्त कार्यक्रममा स्थानीय काँग्रेस नेता जगन्नाथ गौतमले स्वागत मन्तव्यसँगै वी.पी.लाई सम्झिए ।


समाजका अध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण भने लक्ष्मण सापकोटाले गरेका थिए । बृक्षारोपण गर्न र भाषण सुन्न सयौंको संख्यामा स्थानीय नेता कार्यकर्ताको उपस्थिति थियो ।