थपिए १६६ मा कोरोना संक्रमित/ १५ सय ६७ पुग्यो संक्रमितको संख्या
कोरानाका कारण मृत्यु हुनेको संख्या आठ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । यी मध्ये २२० जना उपचारपछि निको भएर घर फर्केका छन्।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक पर्सा सुगौलीका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।
त्यस्तै सल्यानका २५, सुर्खेत १, कपिलवस्तुका १ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
त्यस्तै धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
दैलेखस्थित दुल्लुका एक ३५ वर्षीय पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताएका हुन्।
आइतबार नै बाजुराकी एक २ वर्षीय बालिकाको कोरोनाकै कारण मृत्यु भएको थियो।