मूल फोहोर की पानी ?
मूल उत्पति वा उद्गम स्थल हो । प्रकृति वा समाजमा हरेक विषय वस्तको उत्पतिले इतिहाँस रचेको हुन्छ । हरेक बिचार तथा सिद्घान्तको उद्गम स्थलबाट प्रकट हुन्छ विस्तार हुदै फैलन्छ । जसरी पानी प्राकृतिक रुपमा उद्गम स्थलबाट बगेर टाढा टाढासम्म जान्छ । प्राकृतिक रुपमा उत्पन्न हँुदा पानीले प्राकृतिक स्वच्छता नै बोकेको हुन्छ । त्यसलाई दुषित बनाउने काम बाहिरी वातावरणमा मानिसले नै गर्दछ । त्यसै गरी सिद्धान्त÷भावना आफैमा दुषित हुने हैन यसलाई दुषित बनाउने काम मानिसद्धारा विभिन्न स्वार्थ मुताविक हुन्छ । नेपालमा हाल देखिएको राजनीतिक संक्रमण मूलैबाट संक्रमित हो वा व्यक्तिगत स्वार्थले फोहोर बन्दै गयो । यो क्रम पञ्चायत, प्रजातन्त्र र गणतन्त्रसम्म आईपुग्दा संक्रमण पञ्चायत भन्दा प्रजातन्त्रमा बढि, प्रजातन्त्र भन्दा गणतन्त्रमा बढि हुदै गइरहेको छ ।
कानून विचार सिद्धान्त आफैमा दुषित हुँदैन । यो यसको उदेश्य विपरित कार्य गर्दा दुषित बन्दै जाने हो । कुनै पनि संस्कार र संस्कृति आफैमा गलत हुन्न त्यसको प्रयोगको क्रममा स्वार्थवश गरिएको कार्यले दुषित बनाउछ । संस्कार र संस्कृति पुस्तौ पुस्ता हस्तान्तरण हुदै जान्छ । हस्तान्तरण हुने क्रममा जे जस्तो छ त्यहि शिकाई हुदै जान्छ जुन शिकाईले व्यवहारलाई तय गर्दछ । दुषित व्यवहार समाजमा देखापर्दा समाजलाई विकृत बनाउछ । राम्रो संस्कार भएता पनि गलत व्यवहारले गलत विचार सृजना गर्दछ । गलत विचार समाज, परिवार र व्यक्ति स्वयंको नाशक हो । शिकाउने स्तरमा दुषित पन देखापर्दा शिकारु दुषित शिक्षा लिन वाध्य हुन्छ । प्रायशः यस्तो क्रम अल्पज्ञानीबाट शासित हुनुपर्दा देखा पर्छ । योग्यता र क्षमता भएकालाई योग्यता र क्षमता विहीनले शासन गरेको अवस्थामा संस्कार र संस्कृति तहस नहस हुन्छ ।
वास्तवमा योग्यता र क्षमता भएकाले नै राज्यमा शासन गर्ने हो, यस्तो व्यक्तिबाट शासित हुनपाउदा शासितलाई गौरव महशुस हुन जान्छ । नेपालमा वि.सं २०५० पछि देखि योग्यता र क्षमता विहिनबाट शासन भै रहेको पाईन्छ । योग्यता र क्षमता त जेल बसेको, आन्दोलन गरेर धेरैको वलिदानी गराएको, भ्रष्ट्रचार गरेर आर्थिक रुपमा सबल रहेको सुचकांकलाई आधार मानेर योग्यता र क्षमता निर्धारण गरिने प्रणाली बसाइयो । यसै सुचकांकलाई टेकेर जनप्रतिनिधि चुनिने÷सरकार प्रमुख सबै भन्दा उच्च सुचकांक भएको व्यक्ति छानिने परम्परा बस्यो । आर्थिक रुपमा सबल बन्न सरकारमा रहेका जनप्रतिनिधिहरु कमिसन व्यापारमा लागे । नेपालको भू भाग नै दाउमा राखे । विभिन्न सन्धि गरे । आफु सत्तामा टिक्न नेपालको हितविपरित सम्झौता गरे । आफ्नै देशमा कानून आफ्नै हातमा लिएर शासन गरे । कानून त सर्वसाधारण जनताका लागि मात्र सिमित रह्यो ।
सरकारका व्यक्तिहरु चरम भ्रष्ट्रचारमा लागे, नागरिकको विरोध प्रति आक्रमक हुदै नागरिकलाई नै कारवाहि गर्न थाल्यो । यसले अविभावकत्व होइन अविभावक दुषित बनेको देखाउछ । बावु आमा गलत बाटोमा हिड्दा छोराछोरीलाई सहि बाटो देखाउन गाह्यो हुन्छ । तसर्थ यि यस्ता जनप्रतिनिधि÷सरकारबाट बनाइएको कानून, नीति व्यवहारमा दुषित देखिन थाल्यो । दुषित व्यवहारले नागरिकलाई पनि दुषित बनायो । नागरिक दुषित भएपछि छानिने प्रतिनिधि पनि दुषितै हुन्छ ।
दुषित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थका लागि दुषित नै कार्य गर्दछ । अनि यस्ता दुषित जनप्रतिनिधि सरकारमा गएपछि विकास, सुशासन, कल्याणकारी राज्यको कल्पना मिथ्या सपना मात्र हो । जुवा, तास, मासु, रक्सीको सेवन र चोरी, डकैती, अपहरण गरिरहेको बावुले आफ्ना छोराछोरीलाई तिमीहरुले गर्नु हुदैन ग¥यो भने दण्डित हुन्छौ भन्नु, आजको सरकार र जनताको व्यवहारसँग मिल्दो उदाहरण हो । यसले कानून गलत होइन परिचालन गर्ने प्रमुख निकाय गलत भन्ने कुरा प्रमाणित गर्दछ ।
नागरिकले आफ्नो राज्यमाथिको कर्तव्य पुरा गर्ने हो, गरिरहेकै छ, सरकार आफ्नो दायित्व पुरा गर्न पलपलमा चुकिरहेको छ । यसलाई ८० करोडको राहत वितरण र नागरिकको तत्कालिन अवस्थाबाट सरकार काहाँ छ, खोइ जिम्मेवारी, नागरिकको अविभावकत्व खोइ ? यसले प्रमाणित गरायो । नागरिकले नागरिकलाई गरेको सहयोगले नागरिकको ज्यान बचायो । सरकार जे कुरा बाहिर ल्याउछ त्यो सत्य हुदैन । सत्य त लुकेर छिपेर वालुवाटार र सिंहदरवारमा गरिएको पाईन्छ । जुन सत्य सरकारमा रहेका प्रतिनिधिको व्यक्तिगत स्वार्थमा निहित छ । सरकार नाङ्गो नाँच देखाइरहेको छ । नागरिकले मुख छोपेर लाज मानिदिनु पर्ने स्थिति छ । नैतिकता, जिम्मेवारी, सदाचारी, उत्तरदायित्व राजनीतिक व्यक्तित्वमा नष्ट भयो । शत्तिप्रयोग गरेर कठालो समातेर नलतारे सम्म इज्जत रहिरहन्छ भन्ने मनस्थितिले बजार लिएको छ । यसै कारण लिच्चड दरिद्रपन देखापर्न थाल्यो । सार्वजनिक सम्पति नै लुटिन थाल्यो । यसमा नागरिकको के दोष छर ? दोष होला प्रतिनिधि चुन्ने क्रममा तर सार्वजनिक सम्पति नै लुट्न गएनन् । शासक वर्ग नै यसमा उद्दत छन् दोषि शासक जनप्रतिनिधि नै हुन् । यसमा लुकाउनु पर्ने कुरै छैन ।
दुषित विचारले व्यवहारलाई दुषित पार्दछ । अध्ययन, मनन र भोगाईले ज्ञान प्राप्त हुने हो । ज्ञानले मानवीय धर्म उजागर गर्दछ जसले हित र कल्याण सृजना गर्छ । व्यक्तिगत स्वार्थबाट माथि उठाउछ, सामाजिक स्वार्थको अनुभूति गराउँछ । घमण्ड नाशिन्छ । अविभावकले आफ्ना चेलालाई शिक्षा प्रदान गर्दा आफ्नो आचरण पालना गर्नुपर्छ । सरकार आम नागरिकको अविभावक हो यसले शासितलाई शिक्षा दिन आफु शिक्षित बन्नुपर्ने हुन्छ । आचरण विहिन शिक्षकले दिएको शिक्षा दुषित हुन्छ र दुषित शिक्षाले दुषितकर्म गराउँछ । यदि सुशासनको कुरा गर्ने हो भने सरकार दुष्कर्मबाट माथि उठ्न जरुरी हुन्छ । असल शासकबाट शासित हुनुको मज्जै अर्को हुन्छ । आजका दिन नागरिक यो प्रणालीको खोजिमा छन् ।