आज २२६ थपिए / संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर गरेर २२६ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरुमध्ये २१३ पुरुष र १३ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। जसमध्ये १६ सय ६७ पुरुष र १ सय ३१ महिला छन्।
त्यस्तै हालसम्म २ सय २१ जना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने आठ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएअनुसार सोमवार थपिएकाहरुमा विराटनगरको कोशी अस्तपालमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण भेटिएको छ। छ। यसैगरी पोखराको क्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका २४ जना र जुम्लामा १९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै सुर्खेतका प्रयोगशालामा गरिएको प्रयोगशालामा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काभ्रेको धुलिखेल अस्पताल प्रयोगशालमा रौतहटका १८ र कपिलवस्तुका २ जनामा गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाँकेको भेरी अस्तपालमा परीक्षण गर्दा बाँकेका ७ जनामा यसको संक्रमण पुष्टि भएको छ। यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दाङकै हुन्।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा धनुषाका ७ कपिलवस्तुका ३८ जना, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५ र उदयपुरका १ जनामा समेत कोरोना पोजेटिभ आएको छ।
यस्तै सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु कैलालीका १४, अछामका १, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जना छन्।