बाँके दुर्घटनामा को-को भए घाइते ?
मृतक १२ मध्ये चालक र सहचालकको मात्र सनाखत
काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरियामा आइतबार मध्यराति भएको गाडी दुर्घटनाका घाइते २१ जनाको नाम ठेगाना सार्वजनिक भएको छ । तर मृतकमा गाडी चालक र सहचालकको मात्र परिचय खुलको प्रहरीले जनाएको छ।
चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अन्सार रोकिराखेको ट्रकमा फोर्स गाडी ठोक्किएको थियो । घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो।
बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार मृतकमा ११ पुरुष र १ महिला छन्। तर उनीहरूको नाम ठेगाना अहिले खुलिसकेको छैन ।
२१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २० पुरुष र १ महिला छन्।
नेपालगन्जबाट सल्यान जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा राति १२ बजेतिर ठोक्किएको हो।
घाइतेहरुको उपचार भेरी अस्पतालमा भइरहेको छ ।
दुर्घटनामा परेको फोर्स गाडीमा भारतका विभिन्न सहरबाट घर फर्किँदै गरेका ३३ जना थिए। उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर सल्यानतर्फ पठाइँदै थियो।
दुर्घटनामा घाइते भएकाहरु :
१. दाङ जिल्ला धर्ना–४ का ४५ वर्षीय मेघराज केसी
२. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
३. दाङ जिल्ला राजपुर–२ का २१ वर्षीय जीवन घर्ती
४. दाङ जिल्ला राजपुर गाउँपालिका–६ का २० वर्षीय दिपेश चौधरी
५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–२ का २३ वर्षीय रुपलाल केसी
६. दाङ जिल्लाका २० वर्षीय भरत थापा
७. रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार
८. त्यही ठेगानाका २० वर्षीय वीरेन्द्र परियार
९. त्यही ठेगानाका १८ वर्षीय पुरन परियार
१०. रोल्पा जिल्ला कुरैती त्यही ठेगानाका–२ का ५२ वर्षीय नर बहादुर विक
११. रोल्पा जिल्ला टुटु–८ का ४० वर्षीय दिलबहादुर विक
१२. सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका–२० वर्षीय मिनराज विक
१३. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका–५ का तेजबहादुर बुढाथोकी
१४. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका–४ का २८ वर्षीय लोकेश घर्ती
१५. सल्यान जिल्लाका १८ वर्षीय धनबहादुर बोहरा
१६. सल्यान जिल्लाका ५२ वर्षीय दीपबहादुर बुढा
१७. सल्यान जिल्ला शारदा गाउँपालिका–६ का टीका चलाउने
१८. सल्यान जिल्लाका शिव भण्डारी
१९. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका–५ का २६ वर्षीय निमबहादुर बादी
२०. त्यही ठेगानाका १८ वर्षीय देवेन्द्र बुढाथोकी
२१. त्यही ठेगानाका १७ वर्षीय ज्ञान बहादुर बोहरा