राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले वैठक र भ्रमण भत्ता नलिने
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् । अध्यक्ष तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि ०७७ चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा पाइने भ्रमण भत्ता नलिने घोषणा गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी आफूले भत्ता नलिने जानकारी गराउँदै भत्तावापतको रकम सरकारी राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेको बताइएको छ ।
मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेका बेला सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन यस्तो निर्णय गरेको तिमिल्सिनाले बताएका छन् ।