धारापानी पटाप सडकको डीपीआर सम्पन्न
काठमाडौं । धारापानी पटाप सडक कुन्डेश्वरको ५२ करोडको डि पि आर सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. २ का सांसद नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ‘एक निर्वाचन क्षेत्र एक प्रमुख सडक’ अन्तर्गत साखु बज्रयोगिनी चौकीभन्ज्याङ्ग धारापानी पटाप कुन्डेश्वर सडक भौतिक मन्त्रालयबाट सिफारिस गरि अर्थ मन्त्रालयमा बजेटको लागि पहलकदमीको प्रयास गर्नु भएको छ ।
धारापानी पटाप सडकलाई यो आर्थीक वर्षको लागि शङ्खरापुर नगरपालिकाको एक करोड र प्रदेश सरकारको एक करोड गरि दुई करोड विनीयोजनको लागि पहलकदमी भएको बताइएको छ ।
नाङ्ग्ले पटाप जर्के खोला सडकलाई सडक डिभिजनबाट ४० लाख थप बजेटका लागि प्रदेश सरकारसँग समन्वय जारी राखिएको अमृत ढुंगेलले बताएका छन् ।
जर्केखोलादेखि डाडागाउँसम्मको बाटोको लागि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र मेलम्ची वडा नम्बर १ का वडा सदस्य भिमसेन खतिवडासँग समन्वय गर्दै बजेटको लागि सार्थक पहलकदमी भइरहेको बताइएको छ ।
जनताको काम विकास निर्माणमा आम जनसमुदायले देखाएको चिन्तालाई सम्वोधन भएकोमा स्थानीयले नेकपाका नेताहरुलई धन्यवाद दिएका छन् ।