नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध
चितवन – गएरातिदेखी परेको अविरल बर्षा कारण खसेको पहिरोको कारणले नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध बनेको छ ।
सडकखण्डको घुमाउने भन्ने स्थानमा बिहान साँढे ६ बजे पहिरो खसेर सडक अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
बर्षा भइरहेको र ढुंगाहरु झर्ने क्रम नरोकिएकोले पहिरो हटाउन अझै केही घण्टा लाग्ने प्रमुख गौतमले बताए ।
प्रहरीले पहिरो नहटेसम्म यात्रा नगर्न र यात्रुहरुलाइ सुरक्षित स्थानमा यात्रा विश्राम गर्न भनेको छ । अवरोध हटेपछि मात्रै अगाडि जान सवै चालकहरुलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
घुमाउनेमा ४ दिन यता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ ।
भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन चालक र यात्रुहरुलाई सडक आयोजनाले अनुरोध गरेको छ । सो सडकको २७ किलो भन्ने भालुढुन्गामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर सडक अबरुद्ध हुने गरेको छ ।