आजबाट लकडाउन खुकुलो
काठमाडौं । २०७६ चैत ११ गतेदेखि शुरु भएको लकडाउनलाई सरकारले झण्डै तीन महिनापछि बिहीबारदेखि खुकुलो बनाएको छ ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागू हुनेगरी लकडाउन खुकुलो बनाएको हो । सरकारले आजबाट पसलहरु सञ्चालन गर्न दिएको छ भने निजी सवारी साधान जोर–विजोर अनुसार सञ्चालन गर्न दिने भएको छ । मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्न पाउने सबैलाई खुला गर्ने निर्णय गरेको छ । तर प्रहरीले ठाउँठाउँमा रोकेको गुनासो आएको छ ।
त्यस्तै सरकारले रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गरेको छ ।
त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।
शहर प्रवेश गर्ने नाकामा भने थप कडाई गरिने भएको छ ।