सबै वडामा पर्याप्त पानी पुर्याउने लक्ष्य छ : मेयर भुसाल
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सबै वडामा पर्याप्त खानेपानी पु¥याईने भएको छ । नगरपालिकाभित्र रहेका १४ वटै वडामा आगामी दुई वर्ष भित्रमा पर्याप्त मात्रामा खानेपानी पु¥र्याउने लक्ष्य रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताएकाछन् ।
खानेपानी समस्याको समाधानका लागि आफ्नो ठुलो सङघर्ष र पहलमा करिब ३४ करोड लागतको खानेपानी योजना भित्र्याउन सफल भएको भुसालको भनाई छ । त्यस खानेपानी आयोजना निर्माणका लागि टेण्डर आव्हान् समेत भइसकेको उनले बताएका छन् ।
नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन बिभाग संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँची बाट टेण्डर आह्वानको लागि सुचना जारी भएको समेत उनले जानकारी दिए ।
३० दिने म्याद सहितको सुचना निकाली टेण्डर आह्वान गरिएको छ । उक्त आयोजना टेण्डर स्वीकृत भएको २ बर्ष भित्रमा सम्पन्न हुने मेयर भुसालले बताए ।
त्यस खानेपानी आयोजना सम्पन्न भएपछि रेसुङ्गा नगरपालिका भित्र खानेपानीको समस्या नरहने मेयर भुसालको दाबी छ । उक्त आयोजना स्वीकृत गरि बजेट ब्यवस्था गर्न आफुले धेरै संघर्ष गरेको मेयर भुसालको भनाई छ ।
उनले योजनाको टेण्डर निकाल्ने समयमा कोरोना महामारीले देश पुर्ण लकडाउनको अवस्थामा रहेकोले टेण्डर खुलाउन ढिला भएको उल्लेख गरे । गत बैशाख २४ गते इन्जिनियर सहितको टोलि खानेपानी मन्त्रालयमा पठाएर बारम्बार मन्त्री सङ्ग छलफल गरेपछि यो योजनाको टेण्डर खुलाउन सफल भएको मेयर भुसालको दाबी छ ।
मेयर भुसालका अनुसार त्यस आयोजना अन्र्तगत रेसुङ्गा नगरपालिका–३ मझेङखोलाबाट खानीपनी गरजुरामा लिफ्टीङ गरी त्यहाँबाट सबै वडामा खानेपानी पु¥र्याइने छ ।