लकडाउनमा रेसुङ्गा नगरपालिकामा १ सय १९ जनाले पाए रोजगार

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–२ की मिना परियारले लकडाउन अघि होटलमा भाँडा माझ्ने, कपडा धुने काम गर्थिन् । उनको परिवारमा तिन जना छन् । मिनाका श्रीमानले बित्नु अघि भएको सबै जग्गा बेचिदिए । भएको सानो घडेरी पनि ऋण लागेपछि बेच्नु प¥र्यो । उनी अहिले भाडामा कोठा लिएर बस्दै आएकी छिन् । ‘छोराको जागीर छैन् । छोरी सानी छ । ’ उनले भनिन् ।
विश्वव्यापी रुप लिएको कोभिड–१९ ले सबै क्षेत्र बन्द छन् । ‘पहिला त होटलमा भाँडा माझ्ने काम गर्थे । परियारले भनिन् ‘होटल बन्द भयो । करिब डेढ महिना घरमै खाली बस्नु प¥र्यो । काम नभएपछि नगरपालिकाले बाडेको राहतले छाक टार्नुप¥र्यो ।अहिले त कोरोना रोग आछ भन्छन् । कसैले काम गर्न पनि बोलाउँदैनन् । रोग आउँछ भन्छन् ।’ उनले भनिन् । तर अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमले काम दिए पछि भने उनी खुसी छिन् । परियारले प्रधानमन्त्री रोगजार कार्यक्रमलाई एक महिनामा सिमित नराखेर दिर्गकालिन रुपमा सञ्चालन भए आफुहरुलाई सुविस्ता हुने बताउँछिन् ।
रेसुङ्गा नगरपालिका वडा नं.२ का ४ जनाले रोजगार पाएका छन् । उनीहरु बिहानै १० बजे घरबाटै खाजा बोकर जान्छन् । साँझ पाँच बजेसम्म नाली सफा गर्ने, बाटो मर्मत गर्ने कार्यमा व्यस्त हुन्छन् । अहिले उनीहरुले त्यस वडाका विभिन्न स्थानमा नाली सफा गरिरहेका छन् । परियारको समुहमा ४ जना छन् ।
परियारसँगै पार्वती विश्वकर्माले पनि रोजगार पाएकीछिन् । ‘पेट पाल्नु नै ठुलो रैछ् । कोरोना आछ त भन्छन् । तर परिवारका लागि काम गर्नुप¥र्यो । प्रधानमन्त्री रोजगारले हामीलाई धरै सहयाग गरेको छ । विश्वकर्माले भनिन् ।
रेसुङ्गा नगरपालिकाले बन्दाबन्दीको समयमा १ सय १९ जनालाई रोजगार दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत त्यस संख्यामा रोजगार प्रदान गरिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको भनाई छ ।
लकडाउनका कारण धेरैले रोजगार गुमाएका छन् । जसका कारण बिहान साँझ मजदुरी गरी गुजरा चलाउने निम्न आर्थिक वर्गिय परिवार झन् समस्यामा छन् । तर रेसुङ्गा नगरपालिकाले भने यस बन्दाबन्दीको समयमा रोजगार प्रदान गरेको हो । मेयर भुसालले यस आर्थिक वर्षमा समावेश गर्न नसकिएकालाई अर्को आर्थिक वर्षमा समावेश गर्ने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु २६ लाख ४८ हजार रुपैँया खर्च हुँदै छ । ज्यालामा ७० प्रतिशत खर्च हुन्छ । २५ प्रतिशत निर्माण सामग्री, औजार खरिद सुरक्षा सामग्री खरिदमा खर्च हुने छ ।
यस कार्यक्रम अन्र्तगत एक सय दिन रोजगार दिनुपर्ने कार्यविधि छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १६ सय ९८ जनाले आवेदन भरेका थिए । त्यस मध्ये गत आर्थिक वर्षमा १ सय ८२ जनाले रोजगार प्राप्त गरेका थिए ।
यस आर्थिक वर्षमा भने १ सय १९ जनाले मात्र रोजगार पाएका रोजगार संयोजक सन्तोष पन्थले जानकारी दिए । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोभिड–१९ कारण विश्व बैङ्कबाट अनुदान प्राप्त नभएकाले नेपाल सरकारको आन्तरिक बजेटबाट यस आर्थिक वर्षमा तत्काललाई १ महिनाको रोजगार प्रदान गरिएको पन्थले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सम्पूर्ण वडाहरुमा नालि व्यवस्थापन, मोटरबाटो मर्मत, गोरेटो बाटो मर्मत, पदमार्ग निर्माण लगायतका योजना प्राथमिकीकरणमा परेको उनले जानकारी दिए ।
यस कार्यक्रम अन्र्तगत अर्जुन डाडाँमा पार्क व्यवस्थापनका लागि रु ३ लाख रुपैँया छुट्टाईएको छ । रेसुङ्गा नगरपालिका–६ मा अवस्थित चेक्मी स्वास्थ्य चौकी भवनमा ग्याबिन वाल निर्माण भइरहेको छ । त्यसका लागि रु १ लाख रुपैँया छुट्टाईएको छ ।
जसअन्र्तगत रेसुङ्गा नगरपालिका वडा नं–२ मा ४ जना, वडा नं–३ मा ९ जना, वडा नं–४ मा ११ जना, वडा नं–५ मा ९ जना, वडा नं–६ मा १६ जनाले रोजगार पाएका छन् ।
यस्तै वडा नं–७ मा १६ जना, वडा नं–८ मा २ जना, वडा न.–९ मा ५ जना, वडा नं–१० मा २० जना, वडा नं–११ मा ३ जना, वडा नं–१२ मा ४ जना, वडा नं–१३ मा १० जना र वडा नं–१४ मा १० जनाले रोजगार पाएका छन् । उनीहरुले दैनिक काम गरेबापत रु पाँच सय १७ पारिश्रमिक पाउँछन् ।