कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ७५ पुरुष र ५० जना महिलामा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५, सुनसरीका १ जना र झापाका १ जनामा कोरोना पोजेटिभ पाइएको छ।
यस्तै, सप्तरीका १० जनाको भने कोशी अस्पताल प्रयोगशालामा कोरोना पोजेटिभ पाइएको छ।
नारायणी अस्तपालको प्रयोगशामा पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका १ जना र रौतहटका ७ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका २ जना पनि संक्रमण भेटिएको छ। सेती अस्पतालको प्रयोगशालामा बझाङका ५ जना, डडेल्धुराका २४ जना, डोटीका ३ जना र कैलालीका १२ जना छन् भने कञ्चनपुरका २० जनामा कोरोना संक्रमण पाइएको छ।
भेरी अस्पतालको प्रयोगशालामा बर्दिया र बाँकेका ३(३ जना रुकुम पश्चिमका १ जनामा संक्रमण पाइएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा प्यूठानका २ जना र दाङका ५४ जना कोरोना संक्रमण पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १७ जना र धनुषाका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
धुलिखेल अस्तपालको प्रयोगशालामा रामेछापका २ जना पनि यसको संक्रमण पुगेको भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ८ जना नवलपरासी पश्चिमका २ र रुकुम पश्चिमका २० जनामा कोरोना संक्रमण पाइएको छ भने पाल्पाका १७ जनामा कोरोना संक्रमण पाइएको छ।
सुर्खेतको प्रयोगशालामा सुर्खेका ४० जना र दैलेखका २९ जनामा कोरोना संक्रमण भेटिएको छ भने हेटौडाको प्रयोगशालामा रौतहट र सिन्धुलीका १(१ जनामा कोरोना संक्रमण भेटिएको छ।
टेकु अस्तपालको प्रयोगशालामा धादिङका २५ जनामा कोरोना संक्रमण भेटिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ३१ जना, रुपन्देहीका ६ जना र सर्लाहीका ५ जनामा समेत यसको संक्रमण पुष्टि भएको छ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। पछिल्लो पटक रुकुम पश्चिम थपिएको छ।