गुल्मीमा भाइरसविरुद्ध रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधी वितरण
बिहिबार कार्यक्रममा सहभागीहरुलाई यस औषधीका बिषयमा भलामीले जानकारी दिएका थिए । उनले १ हजार जनालाई ६ हजार पिस भाइरस विरुद्धको होमियोप्याथिक औषधी निःशुल्क वितरण गरिएको जानकारी दिए ।
बच्चा देखि बृद्धसम्म दिर्घ रोगी सबैले खान मिल्ने रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधीको रुपमा प्रमाणित भइसकेको भलामीले जानकारी दिए । यो औषधी आइसोलेशनमा रहेका बिरामीलाई पनि वितरण गरिने छ । जिल्लामा अहिले यस औषधीको अत्याधिक माग बढिरहेको समेत जानकारी दिए ।
यस औषधी प्रयोग अवधिभर अल्कोहल र निकोटिनयुक्त पदार्थ प्रयोग गर्न नमिल्ने बताईएको छ । रिडर्स पब्लिक हाइ स्कुलका भ्वाइस प्रिन्सिपल टिका भलामीले भाइरस विरुद्धको औषधी वितरण गरेका थिए ।