युद्ध नगर्न माग गर्दै चीन र भारतीय दूतावास नजिक धर्ना
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चीन–भारत सीमा क्षेत्र लद्दाखमा भिडन्त हुनु दुःखद भएको र यस्ता भिडन्त रोक्न माग गर्दै बिहीबार काठमाडौंस्थित दुई देशका दूतावास नजिकै धर्ना दिएको छ ।
चिनीयाँ र भारतीय सेनाबीच गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएका थिए । एसियाका यी दुई ठूला मुलुक शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुस्खद भएको जनाउँदै शान्ति समाजले दक्षिण एसिया र विश्व शान्तिकै लागि पनि खतरा हुने भएकोले शान्तिका लागि अह्वान गरेको छ ।
धर्नाका क्रममा समाजले ‘स्टप वार स् प्रमोट पिस,’ ‘एस टु पिस, नो टु वार’, ‘चीन स् आवेग होइन विवेकको प्रयोग गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
धर्नामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य नम्रता खरेललगायत सयौको उपस्थिति रहेको थियो ।