गुल्मीमा थपिए ४८ कोरोना संक्रमित

गुल्मी । गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डा।भवानी प्रसाद शर्माले जानकारी दिए ।

यो संगै जिल्लामा संक्रमितको संख्या १५३ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । शुक्रबार मालिका गाउँपालिकामा २, धुर्कोट गाउँपालिकामा २०, इश्मा गाउँपालिकामा १२, गुल्मीदरबार गाउँपालिकामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका सबै भारतबाट आएका रहेको शर्माले जानकारी दिए।
उनीहरुको उमेर समूह १६ देखि ५९ सम्मका रहेका छन् । जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।