लोकतन्त्रमाथि चुनौति खडा भयोः सिटौला
काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको अभिब्यक्ति दिएका छन् ।
महिला उत्थान केन्द्रले गरेको कार्यक्रममा नेता सिटौलाले संवैधानिक निकायले निष्पक्ष रुपमा काम गर्न नदिने अवस्था सिर्जना गरेको भन्दै यस्तो अवस्थाले आखिरमा लोकतन्त्रमाथि नै चुनौति थपिने बताए ।
उनले सबै तहका सरकारका नियम, कानुन र व्यवस्थाहरु एक अर्का संग मेल नखानुले मुलुकमा स्पष्ट रुपमा निर्णयकर्ताको अभाव देखिएको र यसले देशलाई अराजकता तर्फ धकेल्ने दाबी गरे ।
केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको टिप्पणी पनि उनले गरे ।
संविधानले र्निदृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको सिटौलाको टिप्पणी थियो । संविधानले सबै वर्ग, जात जाति र भाषा भाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको समेत उनले बताएका थिए ।