प्रधानमन्त्रीको बेसारे बखानप्रति नागरिकको बिरोध
काठमाडौं । शनिबार ३ सय ३१ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार नियमित प्रेस व्रिफिङमा दिएका जानकारी अनुसार यो सँगै मुलुकभर कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २२ रहेको छ । संक्रमित भएका र उपचारपछि निको भएर घर फर्किनेको संख्या १ हजार ५ सय ७८ रहेको छ ।
संक्रमित संख्या किन घट्यो ?
बिगत केही दिनदेखि दिनदिनै संक्रमितको संख्या बढीरहेको तथ्याङक बाहिर आएको थियो । यसबाट आम मानिसहरु आत्तिएका पनि थिए । तर यो संख्या एकैदिन स्वाव परीक्षण गर्दा संक्रमित भने भएका होइनन । यो कुरा स्वास्थ्य मन्त्रालयले प्रष्ट नपार्दा आम सर्वसाधरण नागरिकहरुमा अन्यौलता छाएको छ । लामो समयदेखि संकलित स्वाबको परीक्षण गर्न नै समय लागेर उनीहरुको रिर्पोट सार्वजनिक गर्नुपर्दा एकैदिन धेरै संक्रमित भएको होकी भन्ने भान परेको हुनसक्छ । तर एकैदिन त्यतिका संक्रमित भने भएका होइनन ।
प्रधानमन्त्री नै चिकित्सक बनेपछि !
प्रधानमन्त्री केपी शर्मा ओलीले बितेको हप्तामा कोरोना भाइरस महामारीको बिषयमा आफैं चिकित्सक भए जसरी उपचार पद्धतिको बिषयमा बोलेपछि उनको आलोचना हुन थालेको छ । कहिले टिमुर पानी त कहिले बेसार त लसुन नियमित सेवन गरेमा संक्रमण नहुने धारणा सार्वजनिक गरेपछि उनको आलोचना बढेको हो । यही आयुबेर्दिक ती बनस्पति स्वास्थ्यका लागि लाभदायक मानिएका पनि छन । तरपनि बिश्वभर फैलिएको कोरोना महामारीको प्रकोपको सन्दर्भमा अहिले यी बनस्पतिको सेवन गरेर रोग ठीक हुने भन्ने प्रधानमन्त्रीको तर्क समय सान्दर्भिक नभएको जानकारहरु बताउँछन । त्यतिमात्र होइन, प्रधानमन्त्री ओली आफैं चिकित्सक भए झै गरी बेसार महात्मयमा धारा प्रभाव रुपमा बोल्न थालेपछि उनको बारेमा नकारात्मक टीकटिप्पणी हुन थालेका छन ।
बेसार दलेर प्रधानमन्त्रीको बिरोध
प्रधानमन्त्री ओलीले नियमित बेसार सेवन गर्न नागरिकलाई सुझाएपछि त्यसको व्यापक बिरोध हुन थालेको छ । शनिवार संघीय राजधानीमा एकदर्जन भन्दा बढी युवाहरुले शरीरभरी बेसार दलेर प्लेकार्ड सहित सडममा सुतेर प्रतिकात्मक रुपमा प्रधानमन्त्रीको भनाइको बिरोध जनाएका छन ।
यदी बेसार खाएर संक्रमण कम हुने भए बिश्वभर कोरोनाको कहर शुरु हुनासाथ पीसीआर र आरडीटी जस्ता उपचार पद्धतीको साटो बनस्पति प्रयोग गर्न भनेर त्यतिबेला किन नभनेको त भनेर प्रधानमन्त्रीको आलोचना गरेका छन । औषधी र परीक्षणको नाममा कीट खरीदमा आफना आसेपासे मन्त्री र केही व्यापारीहरुलाई कुस्त कमाउने मौका दिएका प्रधानमन्त्रीले बेसार पानीले ठीक हुने भए किन राज्यको ढुकुटीमा बह्मलुट गर्न लगाएको भन्दै सर्वसाधरण नागरिकले प्रधानमन्त्रीप्रति औंला ठडयाएका छन ।