‘बहिनी’ भन्दा किन रिसाइन नीता ?
काठमाडौं । नायिका नीता ढुंगानाले नेपाली चलचित्रमा परिवारवादभन्दा पनि समूहवाद हाबी भएको बताएकी छिन् । नायिकाहरु नीता, नायिका नम्रता सापकोटा, वर्षा सिवाकोटीलगायतले यो विषयमा बहस गरेपछि केही चलचित्रकर्मीहरूले ‘बहिनीहरू’ भन्दै आलोचना गरेका थिए ।
मायाले वहिनी भनिएको भन्दा पनि हेपेर वहिनी भनेको महसुस भएपछि त्यसलाई नीताले सामाजिक सञ्जालमार्फत नै प्रतिकार गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन–‘सबै कुरा ठिक छ, आफ्नो विचार राख्न पाइन्छ । तर बहिनी भन्ने दाजुको उमेर कति हो, जान्न मन लाग्यो ।’
लकडाउनको समयमा ‘नेताहरूको आलोचनादेखि राष्ट्रियताको मुद्दामा खुलेरै बहस’ गरेकी नीताले आफ्नै विश्वास नहुनेहरूले अरूको आलोचना गरेको आरोप पनि लगाएकी छिन् ।