गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण
गुल्मी । सोमबार गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरु गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा रुरु गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेका छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ ।
यससँगै गुल्मीमा कुल संक्रमितको संख्या १ सय ९३ पुगेको छ। संक्रमित २० जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।