५ सय ३५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ३५ जना कोरोना भाइरसको संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ७४ जना महिला र ४ सय ६१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा मोरङका ८ जना र सप्तरीका २ जनामा कोरोना संक्रमण पाइएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा नै कोरोना संक्रमण पाइएको हो।
यस्तै सप्तरीको राजविराजस्थित प्रयोगशालामा सप्तरीका ११ जनामा कोरोना संक्रमण पाइएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, महोत्तरीका १, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २ जना, सिराहाका २३ जना, स्याङ्जाका २० जना, पाल्पाका १० जना, प्यूठानका २४, रौतहटका ३४, र रुपन्देहीका ९ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका ५ जना र नवलपरासी पूर्वका १६ जना कोरोना संक्रमित पाइएका छन् भने धुलिखेल अस्पतालको प्रयोगशालामा ओखलढुंगाका १ जनार गुल्मीका ४१ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा नवलपरासी पूर्वका ८ जना र स्याङ्जाका १२ जना कोरोना संक्रमित भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका १ र तनहुँका ११ जनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १४, पाल्पाका ८० जना, रुपन्देहीका ३ जना र प्यूठानका ६ जना कोरोना संक्रमित भेटिएका छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका १३ जना संक्रमित भेटिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले रसुवा बाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको बताएका छन्। नेपालमा कोरोना संक्रमित भेटिएका मध्ये २ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन् भने हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।