खुकुलो बन्दाबन्दीले पीडा थप्यो
काठमाण्डौ । नेपाल सरकारले गत चैत्र ११ गतेदेखि गरेको बन्दाबन्दी यहि असार १ गतेदेखि खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएसँगै आम नगरवासीमा चिन्ता बढेको छ । सरकारले समय समयमा कर तिर्न दिएको उर्दी, वाध्यतामा व्यवसाय सञ्चालन र तिब्रदरमा बढ्दो संक्रमण आम नागरिकको प्रमुख पीडाको विषय बनिरहेको छ ।
हवाई उडान र नाकामा कडाई गर्ने, सामान्य व्यवसाय सञ्चालन गर्ने दिने सरकारको निर्णयले व्यवसायीहरु मारमा परेको बताउँछन् । सरकारले नागरिकलाई सहज बनाईदिएको भन्दापनि कर÷राजश्व उठाउन कै लागि बन्दाबन्दीलाई धेरै खुकुलो बनाएको भन्ने बुझाई आम नागरिकमा फैलिरहेको पाईन्छ ।
“सरकारले सामान्य व्यवसाय सञ्चालन गर्न त दियो तर व्यापार शुन्य छ । सटर खोल्नासाथ घरसाहु भाडा माग्न आइसके, दिनभरी रुग्ने काम मात्र भएको छ । व्यापार त वुहुनीसम्म पनि हँुदैन बेलुका रित्तो हात फर्किनु पर्छ” चिन्तित मुद्रामा समस्या व्यक्त गर्छन् न्युरोडका कपडा व्यापारी विनोद मुक्तान । उनी भन्छन् “महिनाको ६० हजार भाडा छ, नतिरेको ४ महिना भयो, साहुले निस्कि भनीराको छ । यो समान काहाँ लानु सारै मर्काका छौ । सरकारले बन्दाबन्दीको भाडा छुट दिलाउने हल्ला मात्र ग¥यो तर कार्यन्वयन गरेन, हामीलाई सरकारले कुुनै सहयोग गरेन, अव के गर्ने ठूलो समस्या आइपरेको छ”
सरकारले यो वेलामा बन्दाबन्दी थप कडाई गरिदिएको भएपनि यो पीरलो त अहिले व्यहोर्नु पर्दैनथ्यो । पछि जे हुन्थ्यो हुन्थ्यो,एकातिर कोरोनाको डर अर्को तिर साहुको डर । व्यपार छैन के ले भाडा तिर्ने, खाने जीउनै मुस्किल भै रहेको अवस्थामा करको झिजो लगाइदिनुले हामी जस्ता व्यापारी मारमा छौ । हाम्रो गुनासो कसले सुनिदिने । दिनमा पसल फिजाउने र वेलुका थन्क्याउने काम मात्र भैरहेको छ । सामान्य दिनको खाजा खर्च पनि धानीरहेको छैन । बैंकको ऋण छ व्याजको लागि तागेता गरिरहेको छ, बसेको घर भाडा तिरेको छैन भन्दै गुनासो सुनाउँछन माहावौद्धका होलसेल व्यवासायि जगत खरेल ।
“कोरोनाको डर भन्दापनि कसरी जीउने भन्ने डरले सताउन थाल्यो । होटेल फागुनमा मात्र किनेको थिएं चैत्रदेखि बन्दाबन्दी शुरु भै हाल्यो । होटेल छोडौ लगानी धेरै भएको छ चलाउ पाहुना (ग्राहक) छैनन् रुनु न हाँस्नु बनाएको छ” भन्छन, नयाँ बानेश्वरका होटेल व्यवसायी । व्यवसायमा संलग्न प्रत्येक व्यवसायीको हालत यस्तै छ । “यो बन्दाबन्दी खुकुलो त हाम्रो लागि अभिसाप पो बनेको छ” भन्छन् आम व्यवसायी । तसर्थ यसमा सरकारले ध्यान दिन जरुरी देखिन्छ ।
सरकारले नीति बनाएर यो तीन महिनासम्मको घर भाडा छुट मिलाई दिए केही राहत मिल्ने व्यवसायीहरु बताउँन् ।