वर्तमान व्यवस्थाका विरुद्ध आन्दोलनमा उत्रिदै समाजवादी कांग्रेस
काठमाडौं । नेपाल समाजवादी कंग्रेसले वर्तमान शासन सत्ताको विरुद्ध विभिन्न रणनीति तयार गर्दै व्यापक सडक आन्दोलनमा जाने निर्णय गरेको सो पार्टीका ससचि मानबाहादुर गुरुङले बताएका छन् ।
उक्त पार्टीको केन्द्रिय कार्यालय बानेश्वरमा आइतबार पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा बसेको केन्द्रिय समितिको विषेश बैठकले संवैधानिक प्रजातन्त्र, विषेषाधिकार सहितको राजसंस्था, हिन्दुराज्य, समाजवादी अर्थनीति र स्थानीय श्वशासन हुने व्यवस्थाको तर्जुमा नगरे देश बचाउन नसकिने निस्कर्ष निकाल्दै विभिन्न विषय बारे निर्णय गरेको सचिव गुरुङले बताएका छन् ।
आन्दोलनको लागि आवश्यक पर्ने श्रोत र सामग्री तयारी गर्ने, देशका विभिन्न करिब चौबीस स्थानबाट आन्दोलन सुरु गर्ने, जनताहरुलाई व्यापक सहभागी गराउने, सेवा र सुरक्षाको निकायमा भाईचारा सम्बन्ध विकास गर्ने, मुद्दामा सहमति जनाउने राजनीतिक र राष्ट्रवादी शक्तिहरुबीच एकात्मक कार्य अघि बढाउदै जाने, शासक बर्गबाट हुने दमनलाई रोक्न सशक्त लडाकु दस्ता तयारी राख्ने जस्ता धेरै निर्णयहरु गरेको सचिव गुरुङले बताएका छन् ।
नयाँ संविधानको मस्यौदा बनाएर छलफलमा उत्रेको नेपाल समाजवादी कांग्रेसको रणनीति सामान्य नठान्ने सो पार्टीले चेतावनी पनि दिदै आएको छ ।