ढलमा पनि भेटियो कोरोना भाइरस

कोरोना संक्रमितको संख्या साँढे १५ हजार

काठमाडौं । बिगत २४ घण्टामा मुलुकमा कोरोना संक्रमितको संख्या २ सय ३२ मात्र देखिएको छ । यो संगै मुलुकमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । अहिलेसम्म संक्रमित भएर निको हुनेको संख्या ६ हजार १ सय ४५ रहेको छ । यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच काठमाडौंको ढलमा कोरोना भाइरसको जिवाणु भेटिएको तथ्य सार्वजनिक भएको छ । यसले संघीय राजधानी कोरोना संक्रमणको उच्च जोखिममा रहेको पुष्टि भएको छ । यस यसअघि मानिसबाट मानिसमा सर्ने गरेको भनिएपनि समुदायमा संक्रमण फैलिएर ढलमा दिशामार्फत बाहिर निस्किएको हुनसक्ने नयाँ तथ्य फेलापरै सँगै कोरोनाको त्रास अझ निक्कै बढेको हो ।
सेन्टर फर मलिकुलर डायनामिक्स नेपालले गरेको एक अध्ययनअनुसार भरखरै राजधानी उपत्यका भित्रै यस्तो तथ्य फेला पारिएको हो ।
बिगत केही दिन देखि दिनदिनै उपत्यकामा संक्रमितको संख्या बढीरहेको तथ्याङक बाहिर आएको थियो । यसबाट आम मानिसहरु आत्तिएका पनि थिए । तर यो तथ्य बाहिर आएसँगै आममानिसहरुमा त्रास निकै बढाएको छ । तर यो बिषयलाई स्वास्थ्य मन्त्रालयले प्रष्ट नपारेसम्म आम नागरिकहरुमा त्रास झन बढने भएको छ । चिकित्सक भन्दा प्रधानमन्त्री अघि !
प्रधानमन्त्री केपी शर्मा ओलीले बितेको दुई हप्ता अगाडि कोरोना भाइरस महामारीको बिषयमा आफैं चिकित्सक भए जसरी उपचार पद्धतिको बिषयमा बोलेपछि उनको आलोचना हुन भएको थियो । कहिले टिमुर पानी, कहिले बेसार त कहिले लसुन नियमित सेवन गरेमा संक्रमण नहुने धारणा प्रधानमन्त्री ओलीले सार्वजनिक गरेपछि उनको आलोचना भएको हो ।
आयुबेर्दिक बनस्पति स्वास्थ्यका लागि लाभदायक मानिएका पनि छन । तर अहिले बिश्वभर फैलिएको कोरोना महामारीको प्रकोपको सन्दर्भमा यी बनस्पतिको सेवन गरेर रोग ठीक हुने भन्ने प्रधानमन्त्रीको तर्क समय सान्दर्भिक नभएको बताइएको छ ।