नेकपा बिवादले मुलुक बर्वादितिर

सम्पादकीय

अहिले नेकपामा चर्किरहेको बिवादले मुलुकको भविष्य अन्धकारतिर धकेलिदै जाने संकेत मिलेकोे छ । पार्टी बिशेषको आन्तरिक झगडालाई मुलुक संचालन गर्ने सरकारसँग जोडन खोजिदा त्यसको प्रत्यक्ष असर अहिले मुलुकमा पर्न गएको छ । यसले मुलुकको दैनिकी र तमाम समस्यामालाई प्रत्यक्ष असर पारेको छ । मुलुक अहिले कोभिड १९ को महामारीसँग प्रत्यक्ष रुपमा लडिरहेको छ । सरकार र पार्टीको आन्तरिक झगडाका कारण केहीदिन देखि मुलुक गतिहीन र सिथिल अवस्थाबाट गुज्रिन बाध्य छ । सरकार र पार्टी दुवै एकसाथ मिलेर महामारीसँग जुध्नुपर्ने समय हो यो । तर सरकार पार्टीको आन्तरिक झगडामा सामेल हुँनुपर्दा महामारी नियन्त्रण र रोगथाम कार्यम कमजोर बन्न पुगेको छ । यो कुराको महसुस सरकारले मात्र होइन नेकपा र मुलुकका अन्य राजनीतिक दलले पनि गर्न थालेका छन । साथै मुलुकको जल्दाबल्दा समस्या हल गरेर प्रभावकारी भुमिकामा सक्रिय रहनुपर्ने सरकार र प्रधानमन्त्री स्वम आफनै दलको आन्तरिक झगडा मिलाउन तिर लाग्दा जग हसाई बन्न पुगेको छ ।
असार १० गतेबाट शुरु नेकपाको स्थायी समितिको बैठक अहिले जारी छ । बैठक जारी रहेकै समयमा सरकारले एक्कासी संसदको चालु बर्षे अधिवेशन हठात अन्तय गरेको छ । संसद अबिधेशन बन्द भएपछि अमेरिकी सरकारले नेपाललाई अनुदान सहयोग स्वरुप उपलव्ध गराउन लागेको करिव ६० अर्व रकमको परियोजना पनि यतिकै अलपत्र पर्ने भएको छ । यही चालु बर्षे अबिधेशनबाट यो परियोजनाको छिनाफानो गर्नैपर्ने बाध्यता सरकारलाई थियो । नेकपाले यो बिषयलाई अतिरजित गर्न खोजेपछि बिच्किएका प्रधानमन्त्रीले चालु अधिबेशनबाट एमसस्सी पारित हुने संकेत नपाएपछि एकाएक संसद अधिबेशन टुङगाएका हुन । परियोजनालाई स्वीकार गर्ने कि नगर्ने भन्ने बिषयमा नेकपा भित्र व्यापक मतभेद रहदै आएको थियो । प्रधामन्त्री ओलीलगायत सरकारमा रहेकाहरु यो परियोजना स्वीकार गर्ने पक्षमा छन भने उता नेकपाका केही नेताहरु यही शर्त र परिस्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्र्तगतको परियोजना पास गर्नु नहुने भन्दै सरकारलाई सुझाइरहेका थिए ।
सरकार र नेकपा भित्र यी यस्तै थुपै्र बिवाद र मतभेद लामो समयदेखि रहदै आएको थियो । हिजोको दिनमा यी बिवाद देखिने गरी बाहिर आएका थिएनन । तर अहिले सतहमा आइसकेका छन । नेकपाले एमसीसी परिमार्जन सहित पारित गर्ने सुझाव दिदै आएको थियो । तर प्रधानमन्त्री ओलीले यो सरकारको बिषय भएको भन्दै स्थायी समितिको बैठक आनाकानी गर्दै टार्दै आएका थिए । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई बहुमत स्थायी समितिका सदस्यले दवाव दिएर बैठक बोलाउन बाध्य बनाएर राजीनामा मागिएपछि प्रधामन्त्री ओली अहिले बिच्किएको अवस्था छ । यही कारण नेकपाको बिवाद सतहमा देखिनेगरी आएको पनि छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदका सभामुखसमेतलाई थाहा नै नदिई एक्कासी मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर राष्ट्रपतिलाई संसदको अबिधेशन बन्द गर्न लगाएसँगै अब नेकपाको बिवादले कुन रुप लेला भन्ने अन्यौलता बढेको छ । बर्तमान सरकार पनि नेकपाकै भएको कारण उनीहरु मिल्नुको अर्को बिकल्प छैन । मुलकमा २०४८ पछि २०७४ सालमा आएर मात्र बहुमतको सरकार बनेको हो । यो बिचमा कुनै पनि राजनीतिक दलले एकलौटी रुपमा बहुमतको सरकार गठन गर्न सकेका थिएनन । अहिलेको यो उपलव्धी जोगाउन पनि नेकपा एकजुट भएर समस्याको निकास खोज्न उनीहरु नै अग्रसर हुनैपर्छ ।