आलोचित बनेपछि दीपाश्रीले मागिन् माफी

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालका शुभचिन्तकहरुसँग माफि मागेकी छिन् । एक टेलभिजनलाई दिएको अन्तर्वार्तामा राजेश हमाल भन्ने कलारकार पनि छन् र भनेकी थिइन । राजेश हमाललाई व्यक्ति विशेषले महानायकको ट्याग लगाइदिएको भन्दै निरौलाले हमालले नेपाली चलचित्र उद्योग अफ्ठ्यारोमा पर्दा सहयोग नगरेको टिप्पणी गरेकी थिइन । हमलाका समर्थकहरुले सामाजिक सञ्जालमार्फत निरौलाको चर्को आलोचना गरेपछि उनले हमालका समर्थकहरुसँग माफी मागेकी हुन ।
बलिउडमा चलचित्र क्षेत्र तथा जनता अफ्ठ्यारोमा पर्दा अमिताव बच्चनले अझै पनि सहयोग गरिरहेको र चलचित्र खेलिरहेको तर राजेशले सहयोग नगरेको उनले बताएकी थिइन् । दीपाश्रीले कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीहरुले सहयोग गरेपनि राजेशले सहयोग नगरेको भन्दै आफ्नो नैतिक जिम्मेवारीबाट भागेको टिप्पणी गरेकी थिइन् ।
आफूले दिएको अभिव्यक्तिप्रति शब्द चयनमा भएको गल्ती महसुस गर्दै उनले सामाजिक सञ्जालमार्फत माफि मागेकी हुन् । दीपाश्रीले आफूले राजेश हमालप्रति गुनासो मात्र गरेर उनको अपमासनित नगरेको स्पष्ट पारेकी छिन् । उनले लेखेकी छिन् ‘मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो विषयमा बोलेको हूँ । के प्रधानमन्त्री, के महानायक, के कलाकार अथवा के भगवान सबैसँग गुनासो गर्न पाइन्छ, एउटा उच्च सम्मानमा बसेको मान्छेबाट केही आशा पनि हुन्छ नै मेरो आशय त्यति मात्रा हो ।’
दीपाश्रीले राजेश हमाल सुपरस्टार रहेको भन्दै उनलाई सुपरस्टार होइन भन्ने आफ्नो हैसियत थिएन, छैन र हुने पनि छैन भनेकी छिन् । राजेश हमाल नै आफ्नो पहिलो चलचित्रको नायक भएको भन्दै उनीप्रति आफ्नो सधैं सम्मान रहेको दीपाश्रीले स्पष्ट गरेकी छिन् ।