थपिए १ सय ८० संक्रमित, संक्रमित संख्या १५ हजार ९ सय ६४ पुग्यो
काठमाडौं । नेपालमा २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
त्यस्तै आज २ सय ६४ जना कोरोनामुक्त भएका छन्। संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ।
यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन् भने हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १र१ जना छन् ।
त्यस्तै कोशी अस्पताल विराटनगरमा झापाका २, सिरहा र खोटाङका १र१ जनामा कोरोना भेटिएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोटका १ र सर्लाहीका ६, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा नवलपरासीका १ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका ३, नवलपरासीका १, ओखलढुंगाका ३ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको छ।
यता पाटन अस्पताल ललितपुरमा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका २, झापा र कास्कीका १÷१, काठमाडौंका २३, काभ्रेका १, खोटाङका २, ललितपुरमा २०, मकवानपुरका ५, नवलपरासी पूर्वका १, रौतहटका ३, संखुवासभाका १, सप्तरी, सिन्धुपाल्चोक र सिन्धुलीका २र२, सिरहा, सुनसरी, ताप्लेजुङ र अर्घाखाँचीका १र१ जनामा कोरोना भेटिएको छ।
यस्तै, त्रिवि शिक्षण अस्पतालमा काठमाडौं र उदयपुरमा १र१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला क्षयरोग केन्द्र पोखरामा बागलुङका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ७, लमजुङका ११ र गोरखाका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नलवपरासीका ३, पाल्पा र प्युठानका ४र४ जना, चौरजहारी नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डडेल्धुराका ५ र जुम्लाका १, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ८ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।