कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
काठमाडौं । नेपालमा गत २४ घण्टामा मात्र १ सय ८ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८ जना संक्रमित भेटिएको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरी र झापाका १(१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ र सिरहाका ४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दार्चुलामा १, डोटीका २, काठमाडौं, नुवाकोट र सर्लाहीका १÷१ जनामा कोरोना भेटिएको छ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ४ र नवलपरासी पूर्वका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा मकवानपुरका १ जनामा कोरोना पाइएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बागलुङमा १, काठमाडौंका २ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २, तनहुँका १ र म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका २, कास्कीका ४, लमजुङका ५ जनामा कोरोना भेटिएछन् भने भेरी अस्पताल नेपालगञ्जमा बाँके र दाङका २÷२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ५, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका २, मुगुका २ र सुर्खेतका ८, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका १६ जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ४, बाजुरा र कञ्चनपुरमा २÷२ र कैलालीका ८ जनामा कोरोना भेटिएको छ।
मन्त्रालयले कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गरेको छ। मुलुकभर हाल २४ हजार ४ सय २५ क्वारेन्टाइन र ८ हजार ६ सय ५ जना अस्पतालको क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार १ सय ३९ जना डिस्चार्जसँगै नेपालमा कुल संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ जना पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये २५ जनाको मृत्यु भएको छ ।