नेकपामा : बिवाद टार्ने होइन, अन्त्य गर्नतिर दवाव

काठमाडौं । नेकपामा देखिएको अन्तरकलह र बिवादलाई अहिले पर सार्दै लम्वाउने काम भइरहेको छ । खासगरी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बिच चलिरहेको ब्यक्तिगत टकरावले गर्दा सिङो मुलक र नेकपालाई बिवादमा तान्ने र अलमलाउने काम भइरहेको छ । जसका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै सिङो मुलक र नेकपा बदनाम हुन पुगेको छ । यसैगरी नेकपाको बिवाद अझै थप लम्विदै गएको खण्डमा त्यसको मुल्य सिङगो मुलुकले नै चुकाउनु पर्ने अवस्थाको सिर्जना हुदैंछ ।
दुई अध्यक्षको बिचमा लगातार भइरहेको कुराकानी र बार्तालापले मुर्त लिन सकिरहेको छैन । उनीहरुका बिचको बार्तालापले सकारात्मक मोड लिन नसकेपछि पटकपटक स्थायी समितिको बैठक स्थगित हँदै आएको छ । असार १० गतेबाट शुरु स्थायी समिति बैठक जारी छ तर बैठकले नेकपामा उत्पन्न बिवादलाई अहिलेसम्म कुनै टुङगोमा पुरयाउन सकिरहेको छैन र दिनसक्ने छनक पनि दिन सकिरहेको छैन ।
सोहि कारण नेकपा स्थायी समितिको बैठकलाई स्थगित गर्दै केन्द्रिय समितिको बैठक बोलाउनु पर्ने माग उठन थालेको छ । तर प्रधानमन्त्री ओली भने अहिले तत्कालै केन्द्रिय समितिको बैठक बोलाउने पक्षमा छैनन । यही कारण उनले स्थायी समितिको बैठकसमेत पर सार्ने काम गरिरहेका छन । जारी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैको नेतृत्व छाडनुपर्ने बिषयमा कुरा उठेपछि नेकपाको बिवाद सतहमा आएको हो ।
अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीले दवावमा परेर नेतृत्व छाडनु नहुने भन्दै ओली पक्षका नेता तथा कार्यकर्ताहरुले दिनहुँ आन्दोलन चर्काइरहेका छन । त्यसैगरी यो बिवादले गर्दा पार्टी फुटनेसम्मका हल्लाले थुप्र्रै समर्थकहरु सडकमा ओर्लिएर एकजुट भएर अगाडि बढन नेताहरुलाई दवाव पनि दिइरहेका छन । पार्टीको एउटा समुह पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा धर्ना समेत बसिरहेको छ ।
स्थायी समिति र सचिवालयमा प्रधानमन्त्रीले बहुमत गुमाएको भन्दै उनको राजीनामा माग्ने काम जारी छ र रोकिएको छैन । स्थायी समितिमा बोल्ने अधिकांश सदस्यहरुले प्रधामन्त्री ओलीले सरकार र पार्टी दुवैमा रामं्रो काम गर्न नसकेको आरोप लगाउँदै राजीनामा माग गरेपछि आक्रोसित भएका प्रधानमन्त्रीले दुवै पदबाट कुनै पनि हालतमा राजिनामा नदिने अडान दोहोरयाउँदै आएका छन । जारी स्थायी समितिको बैठक स्थगित गर्दै बिवादलाई पर सार्ने काम मात्र गरेको भन्दै त्यसलाई रोक्ने काम प्रधानमन्त्रीबाट नभइरहेको आरोप लाग्दै आएको छ । अव आन्तरिक बिवादलाई पर सार्ने भन्दा पनि सधैका लागि अन्तय गर्नतिर प्रधानमन्त्रीको जोड रहनुपर्ने बिषयतर्फ मध्यमार्गी धारका नेताहरुले सुझाव दिईरहेका छन ।
कसका कारण बढदै छ बिवाद ?
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने काम स्थायी समितिको बैठकबाट भएपछि त्यसको दोष छिमेकीमुलुक भारत माथि लागेको छ । भारतकै उस्काहटमा राजीनामा माग्ने काम पार्टी भित्रका मुख्य नेताहरुबाट भएको आरोप स्वयम प्रधानमन्त्री अ‍ेलीले असार १४ गते खुलासा गरिदिएका छन ।
जननेता मदन भण्डारीको ६९ र्औ जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्रीले यस्तो खुलासा गरेपछि अर्का अध्यक्ष प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतम झन शंसकित भएका छन । पार्टी र सरकारमा राम्रो काम गर्न नसकेको भनेर मागिएको राजीनामालाई प्रधानमन्त्री ओलीले भारतसँग जोडेर उल्टै नेताहरुलाई राष्ट्रघाती कित्तामा राख्ने र बदनाम गर्न खोजेकै कारण बिवाद मिल्न नसकेको जानकारहरु बताउँछन ।
नेकपा भित्र हाल देखिएको बिवादलाई छिमेकी मुलुक भारतसँग जोडेर हेर्न थालेपछि अहिले यसले अर्कै रुप लिएको छ । भारतीय समाचारमाध्यमहरुले नेपालका लागि चीनकी राजदुत होउ यान्छीलाई जोडेर अनर्गल प्रचार गरेका छन । नेकपामा देखिएको अन्तरकलह मिलाउन उनी सक्रिय भएको आरोप लगाउँदै प्रधानमन्त्रीसँग जोडेर उनको बदनाम गर्ने काम भारतीय मिडियाहरुले गरिरहेका छन । यही कारण अहिले नेपालमा प्रसारित भारतीय च्यानलहरु बन्द गरिएको छ ।
भारतले अतिरञ्जित रुपमा नेकपासँग जोडेर सिङगो मुलुकलाई बदनाम गराउन सक्रिय भएर लागेपछि नेकपा भित्रको बिवाद केही मत्थर भएको संकेत मिलेको छ । छिमेकीको दवावमा भन्दा पनि मुलुकको बर्तमान परिस्थितिलाई मुल्याङन गर्दै आन्तरिक बिवाद अन्तय गर्नतिर नेकपाका नेताहरु लाग्नुपर्दछ । मुलुक अहिले बाढी पहिरोको चपेटामा पनि परेको छ । साथै छिमेकी मुलुकले पनि अतिरञ्जित रुपमा सरकारको बदनाम गरेको छ । यस्तो अवस्थामा बिवाद लम्वाउने भन्दा पनि मिलाउन तिर नै मुख्य नेताहरु अग्रसर हुन आवश्यक छ । खासगरी नेकपाका अध्यक्ष र सरकारको नेतृत्व गरिहेको नाताले प्रधामन्त्री नै लचिलो र अग्रसर भएर अगाडि बढनुपर्ने भएको छ ।