प्रदेश नं. ५ मा पर्ने जिल्लाहरुका क्वारेन्टिन खाली हुदै

बुटवल । प्रदेश ५ का क्वारेन्टिनहरु दिनानुदिन खाली हुँदै गईरहेका छन् । जेठ तेस्रो साता ४० हजार रहेका क्वारेन्टिनमा अहिले पाँच हजार जना मात्र छन् ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या भारतबाट आउनेहरुमा बढि थियो । रुपन्देही र बाँकेमा पहिलो पटक गत वैशाख १७ गते एकैदिन संक्रमण देखिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रहेका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले पहाडी जिल्लामा संक्रमण दर घटेको बताउँँनु भयो ।