११६ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
आज संक्रमण पुष्टि भएकाहरुमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५÷५ जना, पाल्पा र जुम्लाका ४÷४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रायका अनुसार इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २÷२ जना, धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३÷३ जना संक्रमित भेटिएका छन् भने झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १÷१ जना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको छ । त्यसतै ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेको छन् भने क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेको बताइएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।