विदेशमा अलपत्र परेकालाई खुशिको खबर

काठमाडौं । सरकारी खर्चमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब स्वदेश फर्किन पाउने भएका छन् । बन्दाबन्दी अगाडि विदेशी रोजगारीमा गएर अलपत्र परेका नागरिकलाई सरकारले उद्धार गरि स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भएको छ । उनीहरु सरकारी खर्चमा स्वदेश आउन पाउनेछन् ।

सरकारका प्रवक्ता डा युवराज खतिडाले कोभिड–१९ का कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको बताए ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने डा खतिवडाले बताए । सरकारको यो निर्णयले आम वैदेशिक रोजगारीमा गएर अलपत्र परेका र तीनको परिवारमा समेत खुशि ल्याएको छ ।
विशेषतः सरकारले बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्नेलगायतका संवेदनशील अवस्थाका कामदारको निःशुल्क उद्धार गर्ने छ । विदेशस्थित नियोगको प्रत्यक्ष निगरानीमा अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्तीको टिकट
सरकारले दिनेछ ।