नेकपामा विग्रह आउँछ भनेर कसैले परिकल्पना गरे गलत सावित हुनेछ स् प्रराष्ट्रमन्त्री ज्ञवाली
नेकपामा विग्रह आउँछ भनेर कसैले परिकल्पना गरे गलत सावित हुनेछ स् प्रराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारले राष्ट्रिय एकतालाई नयाँ उचाईमा पुर्याएको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पि।सि।आर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी जारी गरेको नयाँ नक्साको सन्र्दभलाई जोड्दै नयाँ नक्सा जारी गर्न अभुतपूर्व राष्ट्रिय एकता कायम भएको उल्लेख गरे ।सरकार सत्यको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एक इन्च पनि अरु कसैको जमिन नलिने तर पुर्खाहरुले लडेर बचाँएको जमिन एक इन्च पनि छोड्न नसक्ने बताए ।
नेपाल र भारतबीच भएको सीमा विवादलाई लिएर मन्त्री ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताए । तर त्यो मित्रता सार्वभौम समानता सहितको मित्रता हुनुपर्ने उल्लेख गरे । समस्याहरु राखेर मित्रता दरो हुन नसक्ने भन्दै मन्त्री ज्ञवालीले भने ‘अगाडि बढ्न जुत्ताभित्र अड्किएका ढुङ्गाका टुक्राहरुलाई निकालेर फाल्नुपर्छ । यस्ता समस्याहरु रहँदासम्म नेपाल–भारतको सहयात्रा, मित्रता सही ढङ्गले अगाडि बढ्न नसक्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटि सदस्य समेत रहेका ज्ञवालीले नेकपा घरको धुरी भएको बताए । धुरी खाबो कमजोर भए घरकै अस्तित्व माथि जोखिम पैदा हुने बताए ।
सक्तारुढ पार्टी नेकपामा पछिल्लो समय देखिएको आन्तरिक मनमुटावलाई लिएर नेकपामा विग्रह आउँछ, दुर्घटनामा जान्छ भनेर कसैले परिकल्पना गरे ति दुई वटै कुरा गलत सावित हुने बताए ।
नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक, गणतान्त्रीक प्रणाली, मुलुकको राष्ट्रिय एकतासँग छोडिएको उल्लेख गरे । उनले त्यो जिम्मेवारी संवेदनशिलताबाट पन्छिएर कोही पनि दायँ–बायाँ लाग्न नसक्ने बताए ।
मन्त्री ज्ञवालीले देश अहिले कोभिड–१९ सँग जुधिरहेको उल्लेख गर्दै सरकारले उच्च सतर्कता अपनाई रहेको बताए । उनले जिल्लामा पि।सि।आर मेसिन उपलब्ध भएकाले यसको सहि सदुपयोग गर्न आग्रह गरे । विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा, हिमालयन एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले उपलब्ध गराएका पि।सि।आर मेसिन हस्तान्तरण गरिएको हो ।
गोविन्द ले छवि फरवार्ड गर्नुभयो