नक्कली लाईसेन्स र चोरीको मोटरसाईकलः कति कारबाही होला
दाङ । नक्कली लाईसेन्स र चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन गरिएका १० वटा मोटरसाईकल विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।
ती व्यक्तिहरुको साथबाट नक्कली सवारी धनी प्रमाणपत्र र लाइसेन्ससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार नै पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले केटिएम ड्यूक १ र एउटा यामाहा कम्पनीका,बजाज कम्पनीका ७ वटा, मोटरसाईकल बरामद गरेको छ । जसमा लु४५प ८४७ नम्बरको १५० सिसीको पल्सर, रा४प ६०३९ नम्बर २२० सिसीको पल्सर, रा४प २४६, रा४प ५८३२ नम्बरको २२० सिसीको पल्सर, रा२प ५०४४ को १५० सिसीको पल्सर, लु४प ४१११ र एउटा नम्बर नखुलेको मोटरसाईकल बरामद भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिएका छन् ।
त्यसैगरी प्रक्राउ पर्नेहरुमा बा७६प २९७६ र बा८५प ६१५ नम्बरको केटिएम ड्यूक र रा४प ६२१९ नम्बरको यामाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ वर्षीय संजय परियार, घोराही–१४ का २३ वर्षीय समिर सुनार, सोही ठाउँका २१ वर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ वर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ वर्षीय सागर हमाल, घोराही–१७ का २३ वर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।
यसै विषयसँग सम्बन्धित राजपुर गाउँपालिका–२ बेला निवासी १९ वर्षीय आयोज चौधरी, २२ बर्षीय प्रियतम चौधरी, २७ बर्षीय रविप्रताव यादव र २७ वर्षीय राजकुमार यादव, लमही नगरपालिका–७ निवासी २५ वर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ वर्षीय पाल्टुराम चौधरी, २७ बर्षीय हेमन्त गिरी र २४ वर्षीय धनिराम चौधरीलाई पनि पक्राउ गरिएको डिएसपी सुमित खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । यिनीहरुमा थप अनुसन्धान भैरहेको जानकारी एस.पि चन्दले दिएता पनि यस्ता पूर्णत गैर कानूनी कार्य गर्ने अभियुक्तलाई कस्तो कारवाही हुने भन्ने जानकारी पीडित पक्ष जान्न चाहन्छन । फितलो कारबाही कै कारण दिनानु दिन यस्ता घट्ना घटीरहेका छन । पूनः यिनले यस्तो दोहो¥याउन नपाउने गरि कारबाही हुनु पर्छ भन्ने माग पीडित पक्षको छ ।