लप्सी खेतीका विज्ञ आचार्य

काठमाण्डौ । दक्षिणकाली नगरपालिका वडा नं ८ निवासी गोपीकृष्ण आचार्य लप्सी खेतीका विज्ञ हुन । उनमा लप्सीको विरुवा नर्सरी मै भाले र पोथी छुट्टाउन सक्ने विज्ञता छ ।
यो क्षेत्र लप्सी र नासपाती आम्दानीको लागि प्रमुख स्रोत रहेको बताउने आचार्य विगत लामो समयदेखि यही पेशामा आवद्ध छन । वार्षिक एक लाखसम्म आम्दानी भैरहेको छ मेरो एउटै बोटबाट ८ सय देखि १ हजार किलोसम्म फल्ने गरेको उनी बताउँछन । चुना र पोटास वेलैमा रुखको फेदमा लगाउँदा उत्पादन राम्रो हुने र किरा लाग्दैन । यहाँ सबैले लप्सीको बारेमा यसलाई थाहा छ भनेर सोध्न आउनु हुन्छ, भनिदिन्छु । दक्षिणकाली नगरपालिकाले पनि यस क्षेत्रलाई नासपाती र लप्सीको पकेट क्षेत्र घोषणा गरेको छ ।
यहाँ लप्सी र नासपातीबाट राम्रो आम्दानी भैरहेको छ । मैले पनि यहि पेशाबाट ४ जनाको परिवार धानिरहेको छु । आचार्य भन्छन–‘पत्रपत्रिका र मिडियाले यस क्षेत्रको नासपाती र लप्सीलाई प्रचार प्रसार गरिदिए यस क्षेत्रको किसानको उद्धार हुन्थ्यो । उपभोक्ताले पनि ताजा नासपाती र लप्सीको उपभोग गर्न पाउनु हुन्थ्यो ।’