जग हँसाई बन्दै नेकपा : दुई अध्यक्षको जुँगाको लडाईंले निकास निस्केन
ओलीको महाधिवेशन प्रस्तावमा पनि चित्त बुझाएनन् नेताहरुले
काठमाडौं । नेकपाको बिवाद अहिले मुलुकका लागि जग हँसाईको बिषय बनिरहेको छ । मुलुक संचालनको मुख्य जिम्मेवारी पाएको नेपाल कम्युनिष्ट पार्टी भित्र मौलाउँदै गएको गुटबन्दीका कारण सिङो मुलुकलाई नै राजनीतिक बन्धक बनाउने काम भइरहेको छ । खासगरी प्रधनामन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच चलिरहेको बिवाद राजनीति भन्दा पनि केवल जुँगाको मात्र रहेको भान हुन थालेको छ ।
गत बैशाख १० गते प्रधानमन्त्री ओलीले पार्टीभित्र कुनै सरसल्लाह नगरी एकलौटी ढंगबाट दल बिभाजन सम्वन्धी अध्यादेश मन्त्रिपरिषद बैठकबाट पारित गराई राष्ट्रपतिबाट स्वीकृत गराउने काम एकलौटी ढंगले गरेपछि नेकपाको बिवाद बाहिर देखिने गरी सतहमै आएको हो ।
यो बिवाद बढदै गएर अहिले नेकपा दुई ध्रुवमा बिवाजित भएको छ । नौ जनाको सचिवालय बैठकले आन्तरिक बिवाद सुल्झाउन बारम्वार प्रयत्न गरेपनि असफल भएपछि स्थायी समितिको बैठक डाक्न प्रधान्मन्त्रीलाई दवावै दिनुपरेको थियो । ६ महिनादेखि बस्न नसकेको स्थायी समितिको बैठक असार १० गतेबाट जारी छ । पटक पटक बस्दै स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठकले आजका दिनसम्म पार्टी भित्रको आन्तरिक बिवादलाई कुनै ठोस निर्णयमा पुरर्याउन सकेको छैन । बिवाद हल गर्नुको सटट पार्टीका दुई अध्यक्षले एक्लाएक्लै र आफु निकटका सहयोगी नेताहरूलाई लिएर पटकपटक बार्ता र संवाद जारी राखेपनि हल निकाल्न सकिरहेको छैनन ।
बिवाद घटने भन्दा पनि गाँठो झन कसिदै जान थालेपछि अहिले नेकपाका नेता तथा कार्यकर्तामा आशा भन्दा पनि निराशा बढी थपिएको बताइन्छ । नेकपामा बढदै गइरहेको थप बिवादले गर्दा सिङो मुलुक र नेकपाको भबिष्य कतातिर जाने हो भन्ने अन्यौलता पनि बढेको छ ।
०७५ फागुन ३ गते गठन भएको बर्तमान सरकारले मुलुकमा राम्रो काम गर्न नसकेको आरोप सत्तारुढ दल भित्रबाटै लाग्दै आएको छ । त्यसैगरी नेकपा गठनको प्रक्रियालाई पनि निष्कर्शमा पुर्याउन नसकेको आरोप प्रधानमन्त्री ओलीमाथि लागाईको छ । यो बिषय अहिले नेकपाभित्र पेचिलो बन्दै गईरहेको छ । बर्तमान सरकार गठनको मुल ध्येयमा प्रधानमन्त्री ओलीको प्रवेश र ध्यान पुग्न नसकेको आरोप लाग्दै आएको छ । पार्टीभित्रको असन्तुष्ट समुहले प्रधामन्त्रीले आफनो कार्यशैलीमा सुधार ल्याउनुपर्ने माग र सुझाव दिएपनि उनले अटेर गर्दै आएका छन । प्रधानमन्त्री ओलीको यही जवर्जस्त कार्यशैलीलाई लिएर लामो समयदेखि पार्टीभित्रबाटै बिरोध हँदै आइरहेको छ ।
तर प्रधानमन्त्री ओली असन्तुष्ट समुहको मागलाई सम्वोधन गर्नुको सटट उनीहरूलाई पेलेरै जाने रणनीतिमा छन । प्रधानमन्त्री ओली एकलौटी ढंगले अगाडि बढन खोज्दा मुलुक नै दुर्घटनातर्फ जाने होकी भन्ने चिन्ता पनि बढदै जान थालेको छ । सहमतिका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बाराम्वार बैठक बस्दै आएको भएपनि बैठक फलदायी हुन सकिरहेका छैनन । के कुरामा कुरा मिल्न नसकेको भन्ने बिषय पनि प्रष्टरुपमा बाहिर आउन सकिरहेको छैन ।
दुई अध्यक्षको जुँगाको लडाईंका कारण अहिले सिङगो नेकपाको राजनीति दुई नेताको वरीपरी मात्र घुमिरहेको छ । बिषय केन्द्रित भन्दा पनि ब्यक्ति हावी हुँदैं जुँगाको लडाईंमा बिवाद केन्द्रित गराइदा नेकपा अहिले बिभाजनको संघारमा मात्र पुगेको छैनकी बिश्वभर थप बदनाम भइरहेको छ । सत्ता बाहिर हुँदा जुटने र सरकारमा पुगेपछि फुटने कम्युनिष्टहरूको नियति पुरानै रोग हो । प्रधामन्त्रीको राजीनामाको पेरीफेरीमा अल्झेर ठोस निर्णय गर्न नसक्दा दुई अध्यक्षको निर्णय क्षमता माथि पनि प्रश्न उठन थालेको छ ।
प्रधानमन्त्री ओली समर्थकहरूले कुनैपनि हालतमा सरकार र पार्टीको नेतृत्वबाट नहटन दवाव दिइरहेका छन । पार्टीका अर्का अध्यक्ष प्रचण्ड पक्षधरहरूले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन भनिरहेका छन । जतिदिन ओली सरकारमा रहन्छन उति नै सरकार थप बदनाम हुने उनीहरूको तर्क रहेको छ । अध्यक्ष प्रचण्डलाई नेताहरू माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले साथ दिइरहेका छन । सचिवालय र स्थायी समितिमा प्रधानमन्त्रीलाई अल्पमतमा पारेर एक्लाएपछि उनलाई गलाएर राजीनामा गराउन सकिन्छ भन्ने उदेश्य बोकेका मुख्य नेताहरू अहिले निराश बन्दै जान थालेका छन ।
बहुमतको दम्वमा परेर कुनै पनि हालतमा राजिनामा नदिने बरु नयाँ पार्टी गठनतिर प्रधानमन्त्रीको अग्रसरता र मनसाय रहेको पाएपछि प्रचण्डसमुह केही पछि हटेको भान हुन थालेको छ । प्रधानमन्त्री ओलीले बिना सल्लाह पार्टीको सहमतिबेगर संसदको वर्षे अधिवेशन एकलौटी ढंगले अन्तय गरेपछि नेकपाको बिवाद थप उचाईमा पुगेको हो ।
बिवादलाई चर्काएर होइन सहमतिकासाथ अगाडि बढनका लागि भन्दै बैठक र प्रयास जारी राखेपनि निश्कर्ष निस्कन सकिरहेको छैन । प्रधानमन्त्री ओलीले कुनैपनि हातलमा दुई पद मध्ये एउटाबाट राजिनामा गर्नैपर्ने शर्त प्रचण्ड समुहले नछोडेकोले पनि बिवादले सार्थकता पाउन नसकेको बताइएको छ । स्थायी समितिले बिवाद मिलाउन नसकेपछि पुन सचिवालय बैठक शनिवार बोलाइएको थियो । सचिवालय वैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव ल्याएका छन् । सो प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भएपनि अन्य वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायतले चित्त बुझाउन सकेका छैनन् । जसले गर्दा विवाद घट्नुका साटो बढ्दै गएको छ ।