संस्थाहरू संस्थागत हुन नसकेकोले व्यक्तिगत स्वार्थ मौलायो

– डम्वर बहादुर अर्याल, नगरप्रमुख, मेलम्ची नगरपालिका

स्थानीय निकायको विकास स्थानीय निकायले नै गर्ने हो । यसका लागि स्थानीय नागरिकहरूको सहभागिता जरुरी हुन्छ तर आजका दिनमा सार्वजनिक काममा नागरिकको सहभागिता घट्दै गईरहेको छ । सकरात्मक भन्दा नकरात्मक बुझाइ बढ्दै गयो यसले आलोचनात्मक परिपाटी बसाली रहेको छ । यो परिपाटी राम्रो होईन, राम्रालाई मात्र राम्रो भनौ । यसले सकरात्मक संस्कारको विकास गराउछ । मेलम्ची नगरपालिकाको समग्र विकासको सन्दर्भमा नगरप्रमुख डम्वर बहादुर अर्यालसँग रेसुङ्गाकर्मी केशव आचार्यले गरेको कुराकानी ।
आज आम मेलम्ची नगरपालिका वासीको सेवामा हुनुहुन्छ । नगरवासीले दिएको जिम्मेवारी पुरा गरिरहँदाको दौरानमा कस्तो अनुभूति भैरहेको छ ?
जव आम नागरिकबाट जिम्मेवारी प्राप्त ग¥यौ त्यस पश्चात आम नागरिकको नजरमा पछि पर्न नपरोस र हाम्रा लागि गरिरहेका छन् भन्ने सोच बोकेर हिडिरहेका छौ । मेलम्ची नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन गुरु योजना तयार गरेका छौ । यस नगरपालिकाका राजनीतिक दल, बुद्धिजिवी, समाजसेवी र समग्र सरोकारवालासँग बसेर छलफल विश्लेषण गरि गुरु योजना तय गरेका छौ । यसैलाई आधार मानेर कार्यक्रमहरू अगाडि बढाईरहेका छौ । भौतिक संरचनाको विकासमा धेरै अगाडि बढेको छ । कृषिमा ध्यान बढि केन्द्रित गरेका छौ, एकिकृत बस्तीहरूलाई संरक्षण र सुव्यवस्थित बनाउने काम गरिरहेका छौ । यि समग्र काममा अगाडि बढिरहेका छौ तसर्थ खुशिको अनुभूति भैरहेको छ ।
मेलम्ची नगरपालिकाको भौगोलिक अवस्था कस्तो रहेको छ ?
यो नगरपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ । यसले १५८.१७ वर्ग कि.मि क्षेत्रफल ओगटेको छ भने साविकको ११ वटा गा.वि.स समेटेर १३ वटा वडामा विभाजन गरिएको छ । मेलम्ची नदी, इन्द्रावती नदी, सिन्धुखोला आदिले मनोरम बनाएको लगभग २६०० मिटरको उचाई सम्म यो नगरपािलका अवस्थित छ । यहाँको भौगोलिक संरचना अलि कमजोर, पहाड आदिको कारण सडक निर्माणमा अलिक कठिन छ । कृषिको लागि भने राम्रो संभावना बोकेको क्षेत्र हो ।
कुन हिसावले कमजोर भुगोल भन्नु भएको हो ?
बाडी, पहिरो र भुकम्पमा यो क्षेत्र बढि प्रभावित बन्छ । वि.सं २०७२ सालको भुकम्पमा सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढि मानविय क्षति भएको स्थान मेलम्ची नगरपालिका हो । यहाँ कडा र खँदिलो भूमी छैन । घरहरू धेरै भत्कीय पूनः निमार्णको कार्य अझै सकिएको छैन ।
यस नगरपालिकाको नाम मेलम्ची नै राख्नु पर्नाको कुनै विशेष कारण छ ?
सबैलाई मेलम्ची खानेपानीले यसको प्रचार प्रसार बढि भएर यहि नाम राखेको हो भन्ने लाग्न सक्छ तर यहाँ रहेको प्रसिद्ध नदी मेलम्ची, पहिला त यसलाई मेलम्ची दोभान भन्ने चलन थियो । यसैको काखमा रहेको साविकको मेलम्ची गा.वि.स लाई आधार मानेर यस नगरपालिकाको नाम मेलम्ची राखिएको हो ।
मेलम्ची नगरपालिकाको शिक्षा र स्वास्थ्यको स्थिति कस्तो रहेको छ ?
मेलम्ची नगरपालिकाको स्वास्थ्य र शिक्षाको कुरा गर्दा पहाडी भागको तुलनामा धेरै नै राम्रो मान्नु पर्छ । स्वास्थ्यको कुरा गर्दा– हाम्रा १३ वटै वडामा स्वास्थ्य चौकी छन् । स्वास्थ्य कर्मीहरू आवश्यक संख्यामा हुनुहुन्छ, नियमित औषधी सेवन गर्ने नागरिकलाई निःशुल्क औषधी वितरण ग¥यौ लगभग यसमा ३० करोड खर्च भयो । नगरपालिकाले ५० वेडको हस्पिटलको योजना पारित गरेको छ । हामीले एकिकृत स्वास्थ्य, कृषि स्वास्थ्य र पशु स्वास्थ्य सेवा केन्द्र खोलेका छौ ।
शिक्षाको कुरा गर्दा– यस नगरपालिकामा ७० वटा सामुदायिक स्कूल रहेका छन् जसमा ३ वटा निजी स्कूल रहेका छन् । एक कृषि मा.वि, एक प्राविधिक स्कूल र दुईवटा क्याम्पस यस नगरपालिकामा अवस्थित छ । हामीले एक वडा एक मा.वि भन्ने अभियान लिएर हिडेका छौ । बालबालिका स्कूलबाट बाहिर नहुन भनेर अविभावक सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ । यो बन्दाबन्दीले केही समस्या सृजना ग¥यो, तर हामीले बालबालिकालाई यसबाट टाढा नहुने गरी रेडियो, मोवाईलको माध्यमबाट पढाई भैरहेको छ पढ्नु पर्छ भन्ने वातावरण सृजना गरिरहेका छौ । हाम्रोमा स्कूलको भौतिक संरचनाको समस्या छैन, गुणस्तरीय शिक्षाक कसरी बनाउने भन्ने सन्दर्भमा अनुसन्धान, विज्ञसँगको छलफलमा लागिरहेका छौ । शिक्षा क्षेत्रको नक्सांकन गरि गुणस्तरीय शिक्षा उपलब्ध गराउने हिसावले दुईवटा स्कूलमा स्कूल बसको व्यवस्था गरेका छौ । यसलाई विस्तारै विस्तार गर्दै जान्छौ ।
विद्युत र सञ्चारको विषयमा केही बताई दिनुस न ?
यस नगरपालिकामा विद्युत सबै वडामा पुगेको छ । काठको पुरानो पोल हटाएर फलामको पोल राख्दै आइरहेका छौ यो २ वर्षका पुरा हुन्छ । यहाँ दुईवटा रेडियो प्रसारण छ । स्थानीय पत्रपत्रिका पनि चलिरहेका छन । आम नागरिक सूचना र सञ्चारबाट टाढा हुनुहुन्न ।
अव यहाँको पदावधी लगभग दुई वर्ष बाँकी छ । वितेको समयमा आमनागरिकले अनुभूति गर्न लायक कामहरू के के गर्नुभयो ?
जनताको जीवनमा सुधार आउने काम गरिरहेका छौ । प्रत्येक वडामा सडक बाटो पु¥याएका छौ, सडकलाई नै विकास मान्ने प्रचलन बसेको छ, ग्राभेल गर्ने र नाली निर्माणको काममा पनि लागिरहेका छौ । एउटा वडामा त ५६ वटा सडक छ अव यसले थेग्न नसक्ने अवस्था पनि छ । सिटी पार्क निर्माण भैरहेको छ, वसपार्क व्यवस्थापन भैरहेको छ,फोहोर व्यवस्थापनलाई व्यवस्थित गरिरहेका छौ । कृषिको राम्रो सम्भावना बोकेको क्षेत्र हो, यसलाई थप प्रोत्साहन गर्न भैंसी र वाख्रापालनमा कृषकलाई अनुदान दिदै आइरहेका छौ । दुधको उत्पादन राम्रो छ अहिले ३६ करोड बराबरको दुध संकलन गरि निर्यात गरिरहेका छौ यसलाई बढाएर ५० करोड पु¥याउने लक्ष्य लिईरहेका छौ । मेलम्ची स्वप्न सरोवर निमार्णमा लागिरहेका छौ यो मेलम्ची नगरपालिकाको गौरवको आयोजना मानेका छौ । ११ वटा एकिकृत वस्ती निर्माण गरेका छौ, यो विभिन्न संघसंस्था र नगरपालिकाको संयुक्त पहलमा निर्माण भएको हो । एक घर एक धारा अभियानलाई अगाडि बढाईरहेका छौ जुन ६० प्रतिशत पुरा भैसकेको छ ।
विश्व माहामारी कोभिड–१९ को संक्रमणलाई फैलन नदिन यस नगारपालिकाले कस्तो कदम चालिरहेको छ ?
क्यारेन्टिनको राम्रो व्यवस्था गरेका छौ । वाहिरबाट आउनेलाई क्यारेन्टिनमा राखेका छौ, १४ दिन पछि पि.सि.आर गरेर घर पठाईरहेका छौ । हाल १९८ क्यारेन्टिनमा हुनुहुन्छ, ५७ जनामा पोजिटिभ देखियो अहिले ३७ जनालाई निको भयो बाँकी २० जना आईसोलेसनमा हुनुहुन्छ । रिभर रिसोर्टलाई क्यारेन्टिनको रुपमा प्रयोग गरिरहेका छौ । यसमा लगभग हाम्रो १ करोड खर्च भैसकेको छ । यस अवधिमा यसमा मात्र ध्यान केन्द्रित हुन पुग्यो त्यसले गर्दा हाम्रा ठेक्का पट्टाको काम रोकियो यसमा हामीले लगभग १० करोडको घाटा व्यहोर्न परेको छ ।
सरकारले चैत्र ११ गतेदेखि लगभग तीन महिना बन्दाबन्दी ग¥यो । यस अवधिमा सामान्य परिवार बढी पीडित बने । तिनीहरूको उद्धारको लागि यस नगरपालिकाले कस्तो राहतको प्याकेज उपलब्ध गरायो ?
यस अवधिमा हाम्रो नगरपालिकाले दुई पटक राहत वितरण ग¥यो । पहिलो सामान्य परिवारको आंकडा लिएर खाद्यान्न वितरण ग¥यौं, दोस्रो काम सहितको राहत । बाटो, कुलो मर्मत, पानी मर्मत, सडक सफाई जस्ता काम लगायौं त्यस वापत दिनको रु. ७२० को दरले ज्याला दियौं । यसले आवश्यक काम पनि भयो र सामान्य काम गरेर खाने परिवारको लागि राहत पनि मिल्यो ।
यस नगरपालिकाको आम्दानीका मुख्य स्रोतहरू चाँही के के हुन ?
प्रमुखतः कृषि नै हो । यहाँको प्रमुख उत्पादन धान, मकै, गहुँ, कोदो र दुध हो । दुध र धान निर्यात भैरहेको छ । फलफूलमा आत्मानिर्भर हुने योजनामा छौ केही समय पछि यो पनि पुरा गर्छौ । अर्को पर्यटनको सम्भावना नभएको होईन । यसको गुरुयोजना बनाएका छौ । पर्यटकीय क्षेत्र पनि प्रशस्त छन् जस्तैः झाउले, गुफा डाडा, मेलम्ची बजार, मेलम्ची नदी आफैमा पर्यटकीय क्षेत्र हो । यसको प्रोत्साहनको लागि हामीले गुफा डाडा राष्ट्रिय सम्मेलन ग¥यौ । हाम्रो स्वप्न सरोवरको कल्पना पनि पर्यटनसँग नै सम्बन्धित छ ।
मेयर ज्यू ! यो पाँचवर्षे कार्यकालमा चुनावताका आम नगरवासीमा गरेका प्रतिवद्धताहरू पुरा हुन्छन् नी ?
हामी पुरा गर्ने कोशिसमा छौ । यस बन्दाबन्दीले गर्दा केही अप्ठेरो परिस्थिति सृजना ग¥यो, अव आ.व २०७६÷०७७ का कतिपय काम र भुक्तानी बाँकी छ त्यो आ.व २०७७÷०७८ मा पुरा गर्नु पर्ने हुन्छ । केही कामहरू बाँकी रहन सक्छन, तर समग्रमा लगभग ८० प्रतिशत हामी पुरा गर्छाै ।
यहाँले सार्वजनिक काममा आम नगरवासीको सहभागिता कस्तो पाउनु भएको छ ?
अहिले जनसहभागितको स्थिति खासै छैन । थोरै मात्रामा कहिले काँही जुटेको पाईन्छ तर उत्साहको कमि छ । सकरात्मक भन्दा नकरात्मक कुरा बढि सुन्छौ । पहिले उपभोक्ता समितिबाट हुन्थ्यो अहिले टेण्डरको माध्यमबाट हुने गरेको छ । अहिले गाउँमा काम गर्नसक्ने शक्ति पनि छैन सबै विदेशमा छन घरमा बुढा बुढी र केटाकेटी मात्र छन तीनले काम गर्न पनि सक्दैनन् । तसर्थ पनि जनसहभागितामा कमि छ ।
आज भोली आम नागरिक र सरकारबीचमा असहमती वा विश्वासको संकट जस्तो सुनिरहेका छौ, देखिरहेका छौ । यहाँलाई किन यस्तो भैरहेको होला जस्तो लाग्छ ?
यो संस्थाहरू संस्थागत हुन नसक्नुको परिणाम जस्तो लाग्छ । संस्थाहरू संस्थागत ढंगले चल्न सकेनन व्यक्तिगत स्वार्थ हावी हुदै जानथाल्यो । संस्थाहरू संस्थागत हिसावले चल्नु पर्छ व्यक्तिगत हिसावले होईन ।
यो अवधिमा कुनै महत्वपूर्ण काम गर्न चाहेको तर गर्न नसकिरहेको कुनै काम भनिदिनुुस न ?
मेलम्चीलाई पछिसम्म चिनाही रहने मेलम्ची स्वप्न सरोवर को डि.पि.आर प्रारम्भ गर्नु पर्छ भन्ने लाग्छ । यसमा लागिरहेका छौ । यस सरोवरबाट मेलम्ची नगरपालिकाले १ अरब सम्म आम्दानी गर्न सक्छ भन्ने लाग्छ यो नगरपालिकाको लागि ठूलो आम्दानीको स्रोत हो । यसलाई हामीले शुरु गरेका छौ आउने जनप्रतिनिधिले यसलाई निरन्तरता दिई पुरा गर्नु हुनेछ भन्ने लाग्छ ।
अन्तमा भन्न मन लागेको केही छ ?
आम नगरवासीलाई यो माहामारीबाट सचेत रहन आग्रह गर्दछु । अन्तमा मेरा बिचार राख्ने अवसर दिनु भएकोमा रेसुङ्गा टुडे साप्ताहिक र यहाँलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद !