साउनको सोमवार पनि खुलेन पशुपतिनाथको मूलद्धार
काठमाडौं । आज सोमबारे औंसी र साउनको पहिलो सोमाबार पनि। कोभिड–१९ को महामारीका कारण सरकारले मूल मन्दिर खुला नगरे पनि सोमबार पशुपति क्षेत्रमा दर्शनार्थीहरूको भिड लागेको छ ।
आज साउनको पहिलो सोमबार हिन्दु महिलाहरुका लागि ठूलो चाड त्यसैमाथि साउनकै सोमबार औंसी परेपछि यस दिनको झनै महत्व थपिएको छ । साउने झरीमा रुझ्दै पशुपतिनाथको दर्शन गर्न गएका श्रद्धालुले पशुपति मन्दिरको बाहिरपट्टि नै पूजाआजा गरी फर्किएका छन् । पशुपतिको सबैतर्फको मूलद्वार बन्द गरिएता पनि दर्शनार्थीहरूकोे भिडभाड भने पशुपति वरिपरि देख्न सकिन्थ्यो ।
पितृहरूको पर्वको रुपमा रहेको औंसी पर्व सोमबार परेमा त्यसलाई महत्वपूर्णको दिनको रूपमा विहानै उठेर नबोली नुहाउनु पर्ने विश्वास छ ।