पहिरो प्रभावितको सहारा गुल्मी काँग्रेस

अग्रमोर्चा समाल्दै राहत वितरण

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा मानविय क्षति हुने गरी पहिरो गयो । गत असार १८ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी इस्मा गाउँपालिका–१ मल्दीका दुई जनाले अकालमै ज्यान गुमाउनुप¥र्यो । ज्यान गुमाउने अठार महिने शिशु सिजन सारु समेत थिए ।

उनीसँगै सात बर्षिय अपेक्षा खत्री पनि पहिरोमा बगेर ज्यान गुमाइन् । ६ जना गम्भीर घाइते भए । पहिरोले त्यति मात्र सिमित राखेन् । इस्माको मल्दी, जुकेपानी, तोरीखर्कमा एक सय ९४ घर विस्थापित भए । त्यहाँ अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन सकिरहेको छैन् ।

मुसिकोट–२ का भागीरथ घिमिरे पहिरोमा परी बेपत्ता भए । लामो समय–सम्म खोजी कार्य गरियो । तर फेला परेनन् घिमिरे । परिवारले काजक्रिया गर्नुप¥र्यो । त्यहाँका ५४ घर विस्थापित भए । पहिरोले क्षतबिक्षत भएका ती पहिरोस्थलहरुमा त्यहाँका स्थानीय सरकारहरुले चाँसो नदेखाउँदा पहिरो प्रभावित झन् पीडित भए । घर नै पहिरोको जोखिममा परेपछि पीडित स्थानीयले बनाएका टहरा र बिद्यालयमा आश्रय लिन बाँध्य भए । साहारा विहिन भएका उनीहरुलाई उद्वार, राहत र सहानुभूतिको आवश्यकता थियो ।

पीडितहरुलाई राहत, उद्वार र सहानुभूति प्रकट गर्दै त्यहाँका पीडितहरुको सहयोगका लागि नेपाली काँग्रेस गुल्मीले अग्रमोर्चा समालिरह्यो । निरन्तर काँग्रेसी नेताहरुको पहिरो प्रभावित स्थलहरुको अवलोकन र प्रभावितहरुसँगको भेट तिव्र बन्यो । राज्यका निकायहरु पीडितहरुको उद्वार र राहतमा निदाईरहँदा काँग्रेसका नेताहरु भने त्यस घटनाले निदाउन सकेनन् । जिल्लातह देखि स्थानीयतहसम्म पीडितहरुलाई राहत प्रदान र उद्वारका लागि झकझकाई रहे ।

अन्ततः पहिरो प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन शुरु भयो । पटक–पटकको कांग्रेस नेताहरुको जोडबलले नै जिल्ला विपद् व्यवस्थापन् समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा सहित अन्य राजनैतिक दलका नेताहरुले पनि पहिरो प्रभावित क्षेत्रको अवलोकन गरे । पीडितहरुले भने तीनै तहका सरकारको महसुस गर्न नपाएको गुनाँसो सुनाउँछन् ।

तर गुल्मी काँग्रेसले भने निरन्तर राहत प्रदान गर्दै आएको छ । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी सहितका नेताहरुले पटक–पटक पहिरो प्रभावित स्थलहरुको अवलोकन गरे । हातमा मिनिरल वाटरको बोट्टल बोकेर हिलाम्य, साघुँरो बाटोको कठिनपूर्ण यात्रा गर्दै प्रभावितहरुलाई भेटन् गएका उनीहरुले राहत प्रदानलाई पनि तिव्रता दिए ।

त्यस क्रममा काँग्रेसले पीडितहरुलाई खाद्यन्नसँगै त्रिपाल लगायतका अतिआवश्यक वस्तुहरु राहत स्वरुप प्रदान गरेको थियो । जसअन्र्तगत आइतबार मात्रै पनि मुसिकोट नगरपालिका–२ का पहिरो प्रभावितहरुलाई ठुलो परिणाममा चामल, दाल, चाउचाउ, नुन–तेल लगायतका विभिन्न खाद्यान्न वितरण गरेको हो ।

काँग्रेसले श्रृङ्खलावद्ध रुपमा राहत प्याकेज ल्याउने सभापति श्रेष्ठले यस अघि नै घोषणा गरेका थिए । सोही अनुसार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री प्रदान गर्न पुगेका सभापति श्रेष्ठले विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्न तीनै तहका सरकारलाई आग्रह गरे । यस्तो समयमा पनि तीनै तहका सरकार संबेदनशिल बन्न नसकेको बताएका छन् ।

उनले भने ‘हाम्रो पार्टी सरकारमा नहुँदा पनि हामी राहतका सामग्री बोकेर आयौँ । अब सत्तारुढ पार्टीले अझ यो भन्दा धेरै राहत बोकेर पीडितलाई मलम लगाहोस् ।’ उनले विपत्तिको बेला पनि स्थानीयतहले कसैसँग समन्वय गर्न नसकेको बताए । सभापति श्रेष्ठले राजनैतिक आस्थाको आधारमा राहत वितरण नगर्न आग्रह गरे ।

प्रभावित क्षेत्रमा तत्कालै भू–गर्भविद्हरुको टोली लिएर अध्ययन गर्न सरकारसँग माग समेत गरे । काँग्रेसले त्यहाँ राहत लिएर पुगेपछि प्रभावित क्षेत्रका पीडितहरु हर्षित बनेका छन् ।

जिल्लाको पहिरो प्रभावितहरुलाई राहत वितरण पुगेका नेपाली कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले सरकार बिपद्मा पनि गम्भीर बन्न नसकेको बताए । त्यहाँ अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन नसकेको बताए । स्थानीय सरकारको गम्भीरता नदेखिएको उनले बताए ।

विपत्तीको बेला राजनीति होइन मानवता देखाउन उनले आग्रह गरे । यसअघि इस्मा गाउँपालिका–१ का पहिरो पीडितहरुलाई दुई पटक राहत सामग्रीहरु वितरण गरेको थियो । नेपाली काँग्रेस गुल्मी काठमाण्डौँ सम्पर्क समिति अन्र्तगत गठित विपद् व्यवस्थापन समितिले राहत सामग्री व्यवस्थापन तथा वितरणमा सहयोग गरेको थियो ।