भारी वर्षा र सडक पुलमा पु¥याएको क्षति
सोमबारको बाढीले पृथ्वी राजमार्गको चितवन–धादिङ जोड्ने मौवाखोला पुल र बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएपछि आजसम्म दुई पक्की पुल बगेका छन । यसले राजधानी काठमाडौं आवतजावत ठप्प भएको छ ।
मुग्लिन नारायणघाट सडखण्डको चार किलो, धादिङको गजुरी, गल्छी र बेनीघाटमा पहिरोले सडक अवरुद्ध भएको छ । बिपी राममार्गस्थित सिन्धुलीको नेपालथोक नकिजै कमेरेमा पहिरो खसेर सड्क अवरुद्ध भएको छ ।
तनहुँको डुम्रेबाट लमजुङ तर्फ जाने सडकखण्डको रमाइलो डाँडामा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
काठमाडौं–हेटौंडा सडक खण्डको सिस्नेरीतर्फ हेभी सवारीसाधन र सुकेरामा सडक अवरुद्ध छ भने फर्पिङ तर्फको फाखेल सडक पनि अवरुद्ध भएको छ ।
लमजुबाट मनाङतर्फ जाने सडक र रसुवाको स्याफ्रबेसी–टिमुरे पासाङल्हामु सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको छ ।
सरकारले अझै केही दिन अविरल वर्षा भैरहने छ यसबाट सुरक्षित रहन आम नागरिकलाई जानकारी गराएको छ ।