वीपीको ३८ औं स्मृति दिवस मनाईयो

काठमाण्डौ । आज नेपाली कांग्रेस पार्टीका पूर्वसभापति वीपी कोइरालाको ३८ औं स्मृति दिवश मनाइयो । जीवनकाल भरी नेपाल र नेपालीको समृद्धिका लागि खटिनु भएका राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी नेता वीपीको स्मृति दिवश कांग्रेसको प्रचार विभागले मंगलबार राजधानीमा मनायो ।

कांग्रेसको प्रचार विभागले गरेको कार्यक्रममा सभापति देउवाले वीपी समाजवादको प्रणेता, साहित्यकार, राष्ट्रवादी नेता हुनुहुन्थ्यो साथै सानो देशको ठूलो नेता हुनुहुन्थ्यो भन्दै स्मरण गरे । उहाँ लोकतन्त्रका लागि लडेको नेता आफ्नो ज्यान जोखिममा राखेर पनि मेलमिलापको नीतिअनुसार नेपाल फर्केको उल्लेख गर्दै देउवाले थपे, उहाँका बारे वर्णन गरिसाध्य छैन। आज पनि पार्टी वीपीले तय गरेको बाटोमा अगाडि बढिराखेको बताए।

वीपीले तय गरेको बाटोमा पार्टी चलेन भने पार्टीको अस्तित्व नै सकिने छ । यसका लागि हामी सदैव एक ढिक्का भएर प्रजातन्त्रकालाई संस्थागत गर्न लाग्नु पर्ने देउवाले बगाए ।

वीपीले आफ्नो जीवनकालमा लोकतन्त्रका लागि लडाइँ लडेको उल्लेख गर्दै देउवाले वीपीले तय गरेको बाटोमा पार्टी अगाडि बढिराखेको बताए।