आजबाट मापसे चेकिङ्ग शुरु

काठमाण्डौ । बन्दाबन्दी खुलेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने भएको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ शुरु गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौं । मापसे गरे नगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने तर मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने उनले बताए।

चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली र वचन हेरी मापसे गरे नगरेको थाहा पाउन सकिन्छ, उनले भने–शंका लागेमा हामीले गाडीमा हालेर अस्पताल लगेर पनि जाँच्न लगाउँछौं।

उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा चेक पोइन्ट राखि मापसे चेकिङ्ग गरिन्छ ।