नदी नालाको क्षेत्रलाई निचोर्दाको परिणति


बर्खा लाग्यो कि उपत्येका मध्ये भक्तपुर नगरपालिकामा प्रत्येक वर्ष डुवानको जोखिम बढ्छ । यस क्षेत्रको प्रमुख नदी हनुमन्ते खोलामा आउने बाढीका कारण यहाँका बासिन्दा वर्षायाममा सधैं त्रासमा बाँच्नुपरेको छ ।

बेलाबेलामा आउने बाढीले भक्तपुरबासीमा त्रास फैलाएको छ । हनुमन्तेले ल्याउने क्षति हनुमन्ते बौलाएर आएको भन्ने गरिए तापनि यसको बहाव क्षेत्रलाई साँगु¥याउदाको परिणति भएको बुझिन्छ । नदी नाला व्यवस्थापन र संरक्षणमा सरकारले उचित ध्यान नदिदा नदी नाला मिचेर घर घडेरी बनाउने प्रचलन बढ्यो । सिमेन्टेड घर बाटोको कारण पानी माटोले सिंचित गर्न पाएन पानी सिधै बगेर नदी नालामा पुग्यो । नदीले आफ्नो बहाव क्षेत्र पाएन गाउँघरमा पस्यो ।

अवका दिनमा यसमा सरकारले ध्यान दिन जरुरी छ ।