गुल्मीमा आव २०७६/०७७ मा आठ अर्ब भन्दा धेरै रकम खर्च
गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७६/०७७ मा आठ अर्ब भन्दा धेरै रकम खर्च भएको छ । कुल बजेटमध्ये ८ अर्ब ४६ करोड २४ लाख ६७ हजार ९ सय खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक राम बहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार संघीय र प्रदेश सरकारबाट कुल ९ अर्ब ५९ करोड ९४ लाख ६५ हजार बजेट विनियोजन भएको थियो । संघीय सरकारबाट चालु र पुजीगत गरी कुल ७ अर्ब ४५ करोड ६९ लाख ६० हजार विनियोजन भएको हो । चालुतर्फ ६ अर्ब १२ करोड १२ लाख ८० हजार र पुजीगततर्फ १ अर्ब ३३ करोड ५६ लाख ८० हजार बजेट विनियोजन भएको हो ।
संघीय सरकारबाट विनियोजित बजेटमध्ये ६ अर्ब ८४ करोड २२ लाख ७१ हजार ९ सय खर्च भएको छ । चालुतर्फ ५ अर्ब ८९ करोड १४ लाख २१ हजार खर्च भएको छ । जसमा ९६.२४ प्रतिशत खर्च भएको हो । पुजीगततर्फ विनियोजित रकममध्ये ९५ करोड ८ लाख ५० हजार ९ सय खर्च भएको छ । जसमा ७१.१९ प्रतिशत खर्च भएको हो ।
प्रदेश सरकारबाट चालु र पुजीगत गरी कुल २ अर्ब १४ करोड २५ लाख ५ हजार विनियोजन भएको खड्काले जानकारी दिए । चालुतर्फ ८३ करोड ६७ लाख ७४ हजार र पुजीगततर्फ १ अर्ब ३० करोड ५७ लाख ३१ हजार बजेट विनियोजन भएको थियो ।
प्रदेश सरकारबाट विनियोजन रकममध्ये १ अर्ब ६२ करोड १ लाख ९६ हजार बजेट खर्च भएको खड्काले जानकारी दिए । जसमा चालुतर्फ ७३ करोड ५३ लाख ४१ हजार खर्च भएको छ । जसमा ८७.८८ प्रतिशत खर्च भएको हो । पुजीगततर्फ ८८ करोड ४८ लाख ५५ हजार खर्च भएको छ । जसको ६७.७७ प्रतिशत खर्च भएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा करोडौँ रकम फ्रिज भएको छ । विकास निर्माणका लागि प्राप्त भएको रकम मध्ये ८० करोड ५७ लाख ४ हजार ७ सय खर्च हुन नसकेपछि फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट जिल्लामा आएको पुजीगत बजेट खर्च हुन नसकेको प्रमुख कोष नियन्त्रक खड्काले बताए ।
संघबाट प्राप्त भएको ३८ करोड ४८ लाख २९ हजार तथा प्रदेश सरकार बाट प्राप्त ४२ करोड ८ लाख ७५ हजार ७ सय रुपैयाँ खर्च हुन नसकेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण र निर्माण व्यवसायीहरुले समयमै काम गर्न नसकेकोले सबै बजेट खर्च हुन नसकेको कार्यालयले जनाएको छ ।
संघ र प्रदेशका जिल्लास्थित कार्यालयबाट २३ करोड भन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २३ करोड ४३ लाख २८ हजार ८ सय ४१ रुपैयाँ २१ पैसा राजस्व संकलन भएको प्रमुख कोष नियन्त्रक खड्काले बताए ।