कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुने संख्या ४४ पुग्यो


काठमाडौं । वीरगञ्जका एक वृद्धाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्जस्थित अस्पतालमा उपचाररत् ८५ वर्षीय वृद्धाको कोरोना संक्रमणबाट आज मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
मुटुको दिर्घरोगी ती महिलालाई निमोनियाको लक्षण देखिएपछि वीरगञ्जको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो।
साउन ७ गते पीसीआर परीक्षणमा कोरोना संक्रमणको पोजिटिभ रिपोर्ट आएपछि गण्डक अस्पतालमा भर्ना गरेर आईसीयू कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।