नेपाली कांग्रेसबाट तीन नेतालाई निस्काशन
काठमाण्डौं । नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीमा रहेर गहन जिम्मेवारी वहन गरेका नेतालाई पार्टीबाट निस्काशन गरेको छ । निस्काशनमा गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्ट परेका छन ।
गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्ष, आरजु देउवालाई चुनावमा हराउन सहयोग गरेका पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्ष र डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि पार्टीबाट निस्काशन गरिएको नेपाली कांग्रेसको अनुशास समितिले जनाएको छ ।
अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।