४ दिन सम्म ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । भोली सोमबार रातिदेखि कम्तीमा चार दिन ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जल वाष्पयुक्त हावा प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले भोली सोमबार रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने देशका धेरैजसो स्थानमा हल्का, मध्यम र भारी वर्षा हुने सम्भावना छ। महाशाखाले शनिबार नै जारी गरेको विशेष मौसमी बुलेटिनमाउल्लेख गरेको छ ।
माहाशाखाले जोखिम युक्त स्थानमा रहनु भएका आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।