समृद्ध नगरपालिका बनाउने अभियानमा छौ

- निम फुन्जो शेर्पा, नगर प्रमुख, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक

बाह्रबिसे नगरपालिका प्रायशः प्राकृतिक विपत्तीबाट लामो समयदेखि पीडित बन्दै आईरहेको छ । उच्च पाहाडी भूभाग, भिरालो जमिन र कमजोर भौगोलिक संचनाको कारण यहाँ वर्षौनी प्राकृतिक क्षति भैरहेको छ । राजनीतिक प्रतिशोध र विरोधी भावनाको जागरणले राम्रा काममा पनि अपजस व्यहोर्नु पर्ने परिस्थिति छ । नगरपालिकाको समृद्धिको लागि स्थानीयहरुको राजनीतिक एकता, सहभागिता र उत्तरदायित्वको वोधको भावना जागृत हुन जरुरी हुन्छ । बाह्रबिसे नगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको अवस्थाबारे नगर प्रमुख निम फुन्जो शेर्पासँग रेसुङ्गा टुडे साप्ताहिकका सह–सम्पादक केशव आचार्यले गरेको संवाद ।
विगत तीन वर्षदेखि आम नागरिकको सेवामा हुनुहुन्छ । नगर प्रमुखको हैसियतले पाएको जिम्मेवारी प्रति यहाँलाई कस्तो अनुभूति भैरहेको छ ?
अहिले प्राकृतिक विपत्तिले घेरिरहेको अवस्थामा छौ । वर्षाको समयमा सिन्धुपाल्चोक जिल्ला नै जोखिममा पर्छ साथै हाम्रो नगरपालिका पनि प्राकृतिक जोखिम पूर्ण नगरपालिका कै रुपमा चिनिन्छ । यस नगरपालिकाका आम नागरिकको सेवा सुविधाको लागि निरन्तर लागिरहँदा यसपालिको वर्षाको क्षतिले ध्यान अर्कातिर मोडिदियो । म व्यापारिक पृष्ठभूमिको मान्छे, आज बाह्रबिसे नगरपालिकाका आम नागरिकको विश्वास पाएको छु । उहाँहरुको सेवा सुविधाको लागि निरन्तर खटिरहेको छु । जसले मलाई समाजको वस्तुस्थिति बुझ्ने अवसर प्रदान ग¥यो । यसमा म खुशिको अनुभूति व्यक्त गर्दछु ।
पहिले व्यापारिक नाफा घाटाको दैनिकी आज आम नागरिकको सेवा र संवेदनासँग जोडिएको दैनिकी । याहाँको दैनिकी आज समाजतिर मोडिएको छ । वास्तवमा कुन दैनिकी ठीक हो जस्तो लाग्छ ?
हिजो व्यापारिक समाजको जानकारी थियो । त्यसमै रमाउनु स्वभाविक थियो तर आज सामाजिक परिवेश, संस्कार, संवेदना आदिले सामाजिक बनायो । नागरिकको दुःख सुखमा सहयात्री बनेको छु । संवेदना बुझेर सहयोग गरिरहेको छु जस्तो लाग्छ । आम नागरिकले अविभावक बनाई दिनु भाछ निष्पक्ष भएर अविभावकत्व निर्वाह गरिरहेको छु ।
बाह्रबिसे नगरपालिकाको भौगोलिक अवस्था कस्तो छ ? बताई दिनुुुस न ।
बाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको उत्तरी सिमानामा बाह्रबिसे नगरपालिका अवस्थित छ । यस नगरपालिकाले १३४.८ वर्ग कि.मि क्षेत्रफल ओगटेको छ । यसमा साविकका सात वटा गा.वि.स मिलाएर ९ वटा वडामा विभाजन गरिएको छ भने यो नगरपालिका समुद्र सतहको ५०० मि. देखि ४००० मि. सम्मको उचाईमा फैलिएको छ । उच्च पहाड र भिरालो भूभागमा बसोबास संरचनाको कारण वर्षायाममा वाढी पहिरोको बढि जोखिम छ । जुरेको पहिरोले पु¥याएको क्षतिबारे यहाँहरु सबैलाई जानकारी छ । अहिले पनि पहिरोको चपेटामा नगर छ यसको उद्धारको लागि निरन्तर खटिरहेका छौ । उत्तरमा चीनसँग जोडिएको व्यापारिक नाका छ (तातोपानी) जुन व्यापार र पर्यटन दुवैको लागि महत्व राख्छ । प्रसिद्ध अरनिको राजमार्ग यस क्षेत्रको प्रमुख राजमार्ग हो । भोटेकोशी/सुनकोशी, ईन्द्रवती यस नगरपालिकाको प्रमुख नदीहरु हुन ।
यस नगरपालिकाको नाम बाह्रबिसे नगरपालिका भनेर राख्नु पर्ने खास कुनै कारण छ की ?
बाह्रबिसे यहाँको पुरानो बजार हो, चीनको सिमाना नजिकको व्यपार गर्ने नाका । यो पहिले देखिको प्रख्यात बजार भएकोले नै यस नगरपालिकाको नाम बाह्रबिसे राखिएको हो ।
बाह्रबिसे नगरपालिका पहाडी भूभागले बेष्ठित नगरपालिका हो । यस नगरपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?
स्वास्थ्यको पक्षमा बाह्रबिसे नगरपालिका पहाडी नगरपालिका भएपनि सुविधा युक्त नै छ । यसमा एउटा १५ सैयाको हस्पिटल छ भने ७ वटा वडामा स्वास्थ्य चौकी छन् २ वटा वडामा यसपालि योजना परिसकेको छ, बन्छ । आवश्यक औषधी र उपचारको प्रबन्ध भैरहेको छ । घुम्ती सिबिरको व्यवस्था छ जुन निरन्तर सञ्चालनमा छ । यहाँको लागि यो सकरात्मक मान्नु पर्छ ।
शिक्षाको कुरा गर्दा यस नगरपालिकामा ५९ सामुदायिक स्कूल, ६ वटा बोर्डिङ्ग र ४ वटा क्याम्पस रहेका छन् । मन्टेश्वरी आधारको पढाई १३ वटा स्कूलमा सञ्चालन गरेका छौ । शिक्षालाई गुणस्तरीय बनाउने प्रयासमा निरन्तर छौ । उच्च मा.वि हरुमा सि.सि क्यामेराको व्यवस्था गरेका छौ । प्राविधिक जीवन उपयोगी शिक्षा हाम्रो चासो हो । हाम्रोमा विद्यालय भवन बनिसकेको स्थिति हो, अवको जोड गुणस्तरीय शिक्षामा नै हुनेछ ।
सूचना र सञ्चारमा यस नगरपालिका कुन स्थितिमा छ ?
सूचना र सञ्चारको लागि यस नगरपालिकामा नेत्र ज्योति एफ.एम, विभिन्न स्थानीय पत्रपत्रिका र नेटको सुविधा सोलार जडान गरेर भएपनि उपलब्ध छ । यहाँ २ वटा हाइड्रोपावर छ यो लोडसेडिङ मुक्त क्षेत्रमा पर्दछ ।
आज यहाँले पाँच वर्षे अवधि मध्ये तीन वर्ष व्यतित गरिसक्नु भएको छ । यस अवधिमा आम नागरिकले अनुभूति गर्न लायक कामहरु के के गर्नु भयो ?
विकेन्द्रिकरण अन्तर्गत सिंहदरवारलाई नागरिकको घर घरमा पु¥याउने अभियानमा छौ । पढ्न नपाउनेलाई पढाउने व्यवस्था, नागरिकता गाउँ गाउँमा उपलब्ध, कृषकलाई कृषि मल विउ, घुम्ती स्वास्थ्य शिविर, सुत्केरीलाई वडा वडामै व्यवस्था सुत्केरी हुन अन्त जानु नपर्ने, बृद्ध भत्ता घरघरमा, अपाङ्ग कार्ड घर घरमा, बाटो, बत्ती, कालोपत्रे बाटो आदिको व्यवस्था गरेका छौ । यो प्रत्यक्ष आम नागरिकसँग सरोकार राख्ने विषय भएकोले यिनलाई प्राथामिकता दिएका छौ । यसले आम नागरिकलाई अत्यावश्यक सुविधा प्रदान गर्ने हुदा उहाँहरुले यसको अनुभूति गरिरहनु भएको हुन्छ ।
आज विश्व नै कोभिड–१९ बाट आक्रान्त छ । यसलाई थप फैलन नदिन सरकारले लामो समय सम्म बन्दाबन्दी ग¥यो । यस नगरपालिकाले यसलाई कसरी व्यवस्थापन गरिरहेको छ ?
यस नगरपालिकाले शुरुका दिनमा प्रचार प्रसार गरि सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आवह्वान ग¥यो । स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गरि तयारी अवस्थामा बसियो । पछि सरकारले प्रयोग गर्ने स्वास्थ्य सामाग्री मार्फत चेक जाँच गर्ने व्यवस्था ग¥यो । आईसोलेसनको राम्रो प्रबन्ध गरेको छ । क्वारेन्टिनलाई तयारी अवस्थामा राखेका छौ । देशमै कोरोनाबाट मृत्यु हुने पहिलो महिला यसै नगरपालिको बासिन्दा हो उहाँमा यो संक्रमण देखिदा आम नागरिकमा एक प्रकारको त्रास फैलियो । यसबाट सुरक्षित रहन र जनप्रतिनिधिहरु मिलेर आम नागरिकका लागि डटेर लागियौ यसबाट त्रासको वातावरण घट्दै गयो । आजका दिनमा केही संक्रमित देखिएता पनि यो समाधान हुदै जाने क्रममा छ ।


सरकारले लामो समयसम्म गरेको बन्दाबन्दीबाट विशेषतः सामान्य परिवार बढि प्रभावित बन्यो । यस अवस्थामा ति परिवारलाई नगरपालिकाले कस्तो राहत प्याकेज प्रदान ग¥यो ?
हामीले प्रभावित परिवारलाई मध्येनजर गरि आवश्यक खाद्यान्न राहतको रुपमा वितरण ग¥यौ । सर्वप्रथम वडा अध्यक्षको संयोजकत्वमा शिक्षा क्षेत्रको प्रतिनिधि समेत गरि ५ जनाको समिति निर्माण गरि तथ्यांङ्क संकलन ग¥यौ । यसैलाई आधार मानेर राहतको प्याकेज, आवश्यक हुने खाद्यान्नलाई वितरण ग¥यौ । पीडित परिवार छुट्नु हुदैन भनेर राम्रो छानविन गरेर राहत बाँडियो भन्ने लाग्छ ।
नगर प्रमुख ज्यू ! यो पाँचवर्षे कार्यकालमा चुनावताका आमनागरिक समक्ष गरेका प्रतिवद्धताहरु त पुरा हुन्छन नी ?
प्रतिवद्धता गरेको भन्दा पनि धेरै पुरा हुन्छन भन्ने लाग्छ । काठको पूल, बत्तिको काठको पोल आज फलामको पोलमा पूर्णतः परिवर्तन भैसकेको छ । एक घर एक धारा अभियान पुरा भैरहेको छ । समग्रमा हेर्दा धेरै नै पुरा हुन्छन् । यसमा यो भनेका थियौ पुरा भएन भन्नु पर्ने अवस्था रहदैन ।
यस नगरपालिकाको आम्दानीका स्रोतहरु के के हुन् ?
आम्दानीको स्रोतको कुरा गर्दा यहाँ २ वटा जलविद्युत आयोजना रहेका छन् । पसल गोदाम बहाल कर, बालुवा गिटी र कृषि आदि हुन् । पर्यटनको पनि संम्भावना त धेरै छन तर त्यसलाई पूर्णतः व्यवस्थापन गर्न सकिएको छैन । आम्दानीको दायरा र स्रोतको अध्ययन गरि बढाउने क्रममा छौ ।
आज सरकार र नागरिकबीचमा एक प्रकारको मतभेद÷विरोध जस्तो स्थिति विभिन्न समयमा भएका घट्नाहरुले देखाउछ । यहाँलाई यस्तो स्थिति किन सृजना भएको होला जस्तो लाग्छ ?
एउटा राजनीतिक दलले अर्को राजनीतिक दल माथि गर्ने व्यवहार र विरोधी सोचको प्रतिफल जस्तो लाग्छ । राम्रो काममा पनि एउटाले अर्कोको विरोध गर्ने संस्कार र आफुले बढि जसलिएर अगाडि बढ्नु पर्छ भन्ने सोचको कारण यो स्थिति सृजना भएको हो । आफ्नो देश नगर विकास गर्न राम्रा काममा जुन सुकै पार्टी भएपनि एक जुट हुनु पर्छ भन्ने मेरो सोच हो । तर त्यो पाईएन, भएन । यस्तो स्थितिले जनसहभागितामा पनि कमि ल्याउने रहेछ । अहिले श्रमदानबाट हुने काम घट्दै गैरहेको छ ।
अन्तमा यहाँलाई भन्नै पर्ने जस्तो लागेको कुरा केही छ ?
शुरुका दिनमा नगर प्रमुख भएर शुरु गरेको काम लगातार गरिरहेका छौ । सबै पुरा हुन्छन् । हाम्रो नगरपालिका प्राकृतिक विप्पती बढि व्यहोर्ने नगरपालिकामा पर्छ । अहिले पनि बाढी पहिरोबाट आम नागरिक पीडित र त्रसित हुनुहुन्छ । उहाँहरुलाई यसबाट मुक्त गर्न निरन्तर लागिरहेका छौ । यसमा हामी सबैको सहयोग जरुरी हुन्छ । समाजवादलाई अवलम्बन गर्दै अगाडि बढ्ने प्रयत्नले हामीलाई सवृद्धि तर्फ लैजान्छ । यसको अभ्यासलाई निरन्तरता दिनु पर्छ जस्तो लाग्छ ।
आज आम नागरिकलाई दुःख परिरहेको क्षणमा पनि समय निकालेर यो अवसर दिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद ! यस विपदको घडिमा यस नगरपालिकाको विषय वस्तुको वारेमा प्रकाश पार्ने मौका दिनुभयो, यहाँ र रेसुङ्गा टुडे साप्ताहिकलाई धेरै धन्यवाद !