मानवीय क्षति रोक्न गम्भिर बन्
सम्पादकीय
मुलुकमा बर्षात शुरु भएसँगै अहिलेसम्म १ सय ३२ जनाको ज्यान गइसकेको छ । ५३ जना बेपत्ता भएका छन । यसैगरी १ सय २८ जना घाइते भएका छन । ९ सय ९८ परिवार बाढी पहिरोवाट प्रभाबित बन्न पुगेका छन । गत जेठ ३० बाट शुरु भएको मनसुन पछि नै यी सबै घटना भएका हुन । मुख्य बर्षातको समय भरखर शुरु भएको छ । नेपालमा खासगरी बर्षातको मुख्य समय भनेको साउन र भदौ महिना हो । नेपालमा हरेक वर्ष प्राय गरी असारको पहिलो हप्ताबाट मनसुन भित्रने र दोश्रो हप्ताबाट बर्षात अर्थात पानी पर्न शुरु गर्ने भएपनि यो बर्ष जेठको अन्तिम हप्ताबाट नै मनसुन शुरु भएको हो । अझै मुख्य बर्षातको समय बाँकी रहेकोले पनि बाढी र पहिरोको त्रास जारी छ र यसले पुरर्याउने क्षतिको बारेमा अहिले आंकलन गर्न हतारो हुनेछ । अझ भन्नुपर्दा अझै करिव दुई महिना जति मनसुन हुने समय बाँकी रहेकोले पनि अझै यसको जोखिम अझै उच्च रहेको छ ।
०७७ साल शुरु हुनु अगावै चैत महिनाबाट नै प्रशस्त मात्रामा पानी परिरहेको छ । मुलुकमा कोरोना महामारीको संन्त्रास फैलिन शुरु भए सँगैसँगै बर्षात पनि हुन थाल्यो । महामारी नियन्त्रण र रोगथामका लागि भन्दै संघीय सरकारले म्ुलुकभर चैत्र ११ गतेवाट लकडाउन अर्थात बन्दाबन्दी गरर्यो । यसपछि शहर बजारमा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसेकाहरु धमाधम आफनो थातथलो फर्किए । उनीहरु गाउँघर फर्किएपछि पनि निरन्तर बर्षा भइरहयो । यसले शहरबाट गाँउ फर्कनेहरुलाई फाइदा नै पुरर्यायो । शहरमा महामारी फैलने भय अत्यधिक धेरै नै थियो र छ । गाँउघर सुरक्षित मानेर फर्किनेहरुलाई समयमा परेको बर्षाले सहयोग नै गर्रयो । बर्षौदेखि बाँजो रहेको जमिनलाई खन्ने र जोत्ने अवसर मिल्यो । त्यसमा लगाएको बालीनाली पाकेर पनि भित्राउन थालिएको छ भने कतिपय ठाउँमा भित्राउन नपाउँदै बर्षातले असर पुरर्याएको छ ।
मुलुक संघीयतामा गइसकेपछि केन्द्र सरकारको मुख ताक्नुपर्ने छैन र स्थानियस्तरमा आइपरेको समस्या प्रदेश र स्थानिय सरकारले हल गर्नेछन । तर अहिले बाढी पहिरोले पुरर्याएको असरलाई हेर्दा त्यो मिथ्या साबित भएको छ । स्थानिय सरकारले यस्ता गतिबिधि न्युन गर्न भन्दा पनि त्यसलाई बढवा दिने काम गरेको पाइएको छ । बिकासको नाममा जथाभावी डोजर चलाउँदा त्यसको असर प्रत्यक्ष असर बर्षात भएसँगै देखिन थालेको छ । हिउँदमा खनिएको बाटोघाटो बर्षातसँगै भुक्षय हुँदै बगेर नदी किनारमा पुगेका छन । यसले नदीको सतह बढनुका साथै किनारमा रहेका घरवार बगेका छन । त्यतिकै मात्रामा भुक्षय भएर पहिरो लागेको छ । यसबाट ठुलो जनधनको क्षति हुन पुगेको छ । अझै पनि बर्षात रोकिएको छैन र मौसमबिदहरुले बर्षा जारी रहने बताइरहेका छन । यो कुरालाई सम्वन्धित र सरोकारवाला निकायहरुले समयमा बुझन जरुरी छ । यदि उनीहरुले समयमा नबुझने र गंभिरतापुर्वक नलिएर ख्याल ख्यालको रुमपा लिई रहेको खण्डमा अझ धेरै मानवीय र ठुलो जनधनको खति हुनसक्छ ।